प्राइम लाइफ इन्स्योरेन्सको पुस १७ गते बुक क्लोज

  २०७७ पुष ७ गते १३:३५     विकासन्युज

काठमाडौं । प्राइफ लाइफ इन्स्योरेन्सको आगामी पुस १७ गते शुक्रबार बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको उक्त एकदिन बुक क्लोज हुने लागेको हो ।

यससँगै पुस १६ गते बिहीबारसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् । र, उनीहरू कम्पनीकाे सभामा भाग लिन याेग्य हुने छन् ।

कम्पनीको १३औं वार्षिक साधारणसभा आगामी पुस २७ गते बस्ने भएको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश वितण गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ रहेको छ । ७ प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २७ करोड रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.