काेराेनाले सरेका व्यापार मेला याे वर्ष नहुने, हस्तकला प्रदर्शनीको मिति बैशाखमा तोकियो

<p>काठमाडौं । यस वर्ष कुनै पनि व्यापार मेला नहुने भएका छन् । असोजमा हुने व्यापार मेलाहरुदेखि माघ÷फागुनसम्म हुने कुनै पनि व्यापार मेलाहरु यस वर्ष नहुने भएका हुन् । गत भदौ असोजमा हुन नसकेका व्यापार मेलाहरुलाई पोष्ट पण्ड गरी पुस/माघमा सारिएका थिए । विभिन्न संघ संस्थाले आयोजना गर्ने ती व्यापार मेलाहरुलाई कोरोनाको कारण देखाउँदै पोष्ट पोण्ड [&hellip;]</p>

काठमाडौं । यस वर्ष कुनै पनि व्यापार मेला नहुने भएका छन् । असोजमा हुने व्यापार मेलाहरुदेखि माघ÷फागुनसम्म हुने कुनै पनि व्यापार मेलाहरु यस वर्ष नहुने भएका हुन् ।

गत भदौ असोजमा हुन नसकेका व्यापार मेलाहरुलाई पोष्ट पण्ड गरी पुस/माघमा सारिएका थिए । विभिन्न संघ संस्थाले आयोजना गर्ने ती व्यापार मेलाहरुलाई कोरोनाको कारण देखाउँदै पोष्ट पोण्ड गरिएका थिए । तर, अझै पनि कोरोना भाइरसको असर कायमै भएको हुनाले पोष्ट पोण्ड भएका ती व्यापार मेलाहरु नहुने भएका हुन् ।

यस वर्षका व्यापार मेलाहरु विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण निकै प्रभावित भएका छन् । विगत ८÷९ महिनादेखि सक्रिय रहेको कोरोना भाइरस संक्रमणदर कायमै भएकोले ती मेलाहरु यस वर्ष नहुने भएका हुन् ।

नाडाले यस वर्ष दशैंतिहार लक्षित ‘नाडा अटो शो’ नहुने साउनमै विज्ञप्ती जारी गरेर जानकारी गरिसकेको थियो । नाडाले सो विज्ञप्तीमा सम्भव भएसम्म पुष माघमा आयेजना गर्न सकिने बताउको थियो । तर, अब कोरोना भाइरसको असर कायमै भएको कारण यस वर्षको नाडा अटो सो पनि नहुने भएको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले कोरोना भाइरसको प्रभाव कायमै रहेको र अब यो वर्ष नाडा अटो शो नहुने बताए । ‘हामीले साउनमा विज्ञप्ती नै जारी गरेर नहुने जनाएको थियौं, उतिखेर कोरोना कम भयो भने गर्न सकिने सोचमा थियौं, हामीले पुष माघसम्म आयोजना गर्ने सोच बनाएका थियौं, तर अझै पनि कोरोनाको प्रभाव कायमै छ, अब यो वर्ष नहुने भयो,’ उनले भने ।

यस्ता विभिन्न व्यापार मेलाहरु नभएपछि देशको अर्थतन्त्रमा पनि ठूलो नोक्सान हुने उनको भनाई छ । नाडा अटो शो नेपालका लागि गाडी खरिद विक्रीको ठूलो प्लेटफर्म हो । नेपालीहरुको प्रमुख चाडपर्व दशैँतिहारकै मुखमा आयोजना गरिने यस खालको अटो मेलामा अधिक मात्रामा अटोमोबाइलको व्यापार हुने गरेको भएपनि यो वर्ष भने नहुने भएको हो । गत वर्षको नाडा शोमा ५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस्तै, हरेक वर्षको मंसिरमा हुने हस्तकला प्रदर्शनी यस वर्ष कोरोना भाइरसको कारण नहुने भएको छ । हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले यस वर्ष कोरोना भाइरसकै कारण हस्तकला प्रदशर्नी नहुने बताएका हुन् । उनका अनुसार अब हस्तकला प्रदशर्नी बैंशाख १३ गतेदेखि १९ गतेसम्म हुनेछ । उनका अनुसार कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहेको बेला सरकारले २५ जनाभन्दा बढी भेला गर्न नपाउने व्यवस्था गरेको कारण यस वर्ष समयमै नहुने बताए ।

‘हामीले बैशाखको १३ गतेदेखि १९ गतेसम्मको समय तोकेका छौं, अघिल्ला वर्षहरुको जसरी समयमै गर्न सकेनौं,’ उनले भने ।

यस्तै करोडौंको कारोबार हुने क्यान इन्फोटेक पनि यो वर्ष हुने कि नहुने भन्ने यकिन भएको छैन । हरेक वर्षकोअ माघ फागुनमा हुने क्यान इन्फोटक यो वर्ष कोरोनाले निर्धारण गर्नेछ । अझै पनि धेरै समय भएकाले क्यान इन्फोटेक गर्ने कि नगर्ने भन्ने बारे छलफल पनि भइरहेको नेपाल कम्प्युटर एसोसियसनका अध्यक्ष नवराज कुँवरले बताए ।

यस वर्ष हुन सक्ने सम्भावना एकदमै कम छ, तर पनि हामीले चैत्रसम्म प्रयास गर्छौं, कोरोना भाइरसको संक्रमणदर कम भयो भने हामी मेला आयोजना गर्न सक्छौं,’ उनले भने ।

Share News