गुहेश्वरी मर्चेन्टले बढायो लाभांशदर, सेयरधनीले दुई वर्षपछि बाेनस पाउँदै

  २०७७ मंसिर २५ गते ११:०६     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले सेयरधनीलाई वितरण गर्ने लाभांशदर बढाएको छ । संस्थाले विगत दुई आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको लाभांशदर बढाएको हो ।

संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११.४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा करिब ५ प्रतिशतले बढी हो । संस्थाले अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ६.५ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७४/७५ काे नाफाबाट सेयरधनीले ५.२६ प्रतिशत नगद लाभांश मात्रै पाएका थिए ।

यससँगै, संस्थाका सेयरधनीले पछिल्लाे २ वर्षपछि बाेनस पाउने भएका छन् । मंसिर २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ८ प्रतिशत बोनस र ३.४० प्रतिशत नगद(कर सहित) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ८६ करोड ४० लाख रुपैयाँ पुग्ने छ ।

संस्थाले आर्थिक वर्ष २०७३/७४ काे नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बाेनस सेयर मात्रै वितरण गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.