नबिल बैंकबाट फोन लोन लिएर ४५ जना फरार, तीन पुस्ते सार्वजनिक

काठमाडौं । नबिल बैंकले फोन लोन लिएर साँवा तथा ब्याज नतिर्ने ४५ जना ऋणीको नाम सार्वजनिक गरेको छ । बैंकले पटक-पटक ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेका तथा बैंकको सम्पर्कमा नआएका ऋणीको नाम सार्वजनिक गरेको हो ।

बैंकका अनुसार फोन लोन उपभोग गरेका ऋणीले तोकिएको अवधिभित्र साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य दस्तुरसमेत भुक्तानी गर्नुपर्ने हुन्छ । तर, पटक-पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा समेत कर्जा चुक्ता नगरेपछि बैंकले सार्वजनिक सूचना जारी गरेको जनाएको छ ।

बैंकले सार्वजनिक सूचनामार्फत ३५ दिनभित्र कर्जा चुक्ता गर्न सम्बन्धित ऋणीलाई आग्रह गरेको छ । तोकिएको अवधिभित्र कर्जा चुक्ता नगरे ऋणीको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा सूचीकृत गरिने बैंकले चेतावनी दिएको छ ।
​​​​​​​null

Share News