काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको त्रैमासिक समिक्षाको प्रभाव पुँजीबजारमा परेको छ । बैंकले बिहीबार मौद्रिक नीतिको समिक्षा मार्फत सेयर कर्जामा पुनरावलोकन गरिने भनेसँगै त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा परेको हो ।
यससँगै मौद्रिक नीति समिक्षा पश्चात खुलेको पहिलो दिनको बजार राताम्मे भएको छ । आइतबार कारोबार खुलेदेखि नै ओरालो लागेको बजार २ घण्टामा ३.१६ प्रतिशतले घटिसकेको छ ।
नियमित कारोबार शुरु भएदेखि नै घटेको नेप्से परिसूचक २००० बिन्दु तल झरेको छ । दिउँसो १ बजेर १४ मिनेट जाँदा परिसूचक ६४.९२ अंकले घटेर १९९०.५३ अंकमा झरेको छ । जबकी गत बिहीबारको बजार बन्द हुँदा परिसूचक २०५५ अंकमा पुगेको थियो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११.६९ अंकले घटेर ३८० अंकमा झरेको छ ।
यो अवधिमा १९४ कम्पनीको एक करोड ४ लाख कित्ता सेयर ४ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये सबैभन्दा बढी जीवन बीमा समूह ५३४ अंकले घटेको छ ।
सम्बन्धित समाचारः