अरुण भ्याली हाइड्रोको लाभांश घोषणा, बोनसपछि हकप्रद सेयर निष्काशन गर्ने

  २०७७ मंसिर १४ गते १७:४२     विकासन्युज

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

मंसिर १४ गते बसेको कम्पनी संचालक समितिको बैठकले सो मात्राको लाभांश प्रस्ताव गरेको हो । साथै, बैठकले बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत (अर्थात एक बराबर ०.५ को अनुपातमा) हकप्रद जारी गर्ने प्रस्ताव पनि गरेको छ ।

यसअघि कम्पनीको २१औं वार्षिक साधारण सभाले पारित गरेको १ः१ अनुपातको हकप्रद सेयरमध्ये प्रथम चरणमा काबेली बी १ क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपुँजी लगानीको लागि कम्पनीले बोनस पछि हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेकाे हाे ।

उक्त प्रस्ताव कम्पनीको आगामी २३औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले उक्त बोनस पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.