आजबाट महासंघको अध्यक्ष शेखर गोल्छा, यस्तो बन्यो नयाँ कार्यसमिति

  २०७७ मंसिर १४ गते १०:०३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा आजबाट शेखर गोल्छा अध्यक्ष भएका छन् । वरिष्ठ उपाध्यक्षको एक कार्यकाल पुरा भएपछि स्वत अध्यक्ष हुने महासंघको विधान अनुसार उनी अध्यक्ष भएका हुन् ।

साथै, आजबाट निर्वाचित नयाँ कार्यसमिति आएको छ । वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघइ र बस्तुगत अध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन् ।

एशोसिएटतर्फ अम्बिका प्रसाद पौडेल, ज्योत्सना श्रेष्ठ, गोपाल खनालले सबैभन्दा धेरै मत पाएका छन् । विराट थापा र मंगेशलाल श्रेष्ठले बराबर मत पाएका छन् । जिल्ला नगरतर्फ राजन श्रेष्ठ, तारानाथ घिमिरे शोभाकान्त पौडेल लोकप्रिय मत पाएर विजयी भएका छन् । त्यस्तै, बस्तुगत समूहबाट नरेशमान श्रेष्ठ, मिनमान श्रेष्ठ र सुमित केडियाले बढी मत पाएका छन् ।

कसले कति मत पाए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.