पुनर्बीमा कम्पनीद्वारा नेपाल लाइफ र शिखर इन्स्योरेन्स पुरस्कृत

  २०७७ कार्तिक २१ गते १९:२४     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीद्वारा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्स कम्पनी पुरस्कृत भएका छन् । कम्पनीले सातौं वर्षमा प्रवेश गरेको अवसरमा नाफामूलक पुनर्बीमा व्यवसायको आधारमा दुई इन्स्योरेन्सलाई पुरस्कृत गरेको हो ।

साथै, कम्पनीले राम्रो कार्य सम्पादन गर्ने कम्पनीका सहायक प्रबन्धक उत्तम पनेरु र वरिष्ठ सहायक सरिता श्रेष्ठलाई नगदद्वारा पुरस्कृत गरी सम्मान गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनी आज(कार्तिक २१ गते)बाट स्थापनाको सातौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले शुक्रवार काठमाडौंमा भर्चुअल कार्यक्रम आयोजना गरी सातौं वार्षिकोत्सव मनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.