बैंकहरुले सार्वजनिक गरे स्थीर व्याजदर, १० वर्षभन्दा बढीको घर कर्जा लिँदा कुन बैंकले कति लिन्छन् व्याज ?

  २०७७ असोज ३० गते ११:३१     विकासन्युज

काठमाडौं । बैंकहरुले एक वर्षभन्दा बढी अवधिका व्यक्तिगत आवधिक कर्जाको स्थीर व्याजदर सार्वजनिक गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले एक वर्षभन्दा बढी अवधिका व्यक्तिगत आवधिक कर्जामा स्थीर व्याजदर लागू गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो । सो निर्देशक भोलि (कात्तिक १ गते) देखि कार्यान्वयन हुँदैछ ।

बैंकले अहिले तोकेको स्थीर व्याजदर तोकिएको अवधिसम्म परिवर्तन हुँदैन । अहिले जति व्याज तिर्नेगरी कर्जा लिएको हुन्छ, सो अवधिसम्म सोही दरको व्याज तिर्दा हुने व्यवस्था मिलाउनु पर्ने वाध्यता बैंकहरुलाई छ ।

सार्वजनिक गरेको व्याजदर अनुसार माछापुच्छ्रे बैंकले १० वर्षभन्दा बढी अवधिको घर कर्जाको व्याजदर ११.८९ प्रतिशत तोकेको छ । ५ वर्षसम्मको घर कर्जाको व्याजदर भने सो बैंकले ९.८९ प्रतिशत निर्धारण गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले १० वर्षसम्मको घर कर्जाको व्याजदर १२ प्रतिशत तोकेको छ । अर्काे वाणिज्य बैंक एनएमबी बैंकले १५ वर्षसम्मको लागि घर कर्जा लिँदा १२.२५ प्रतिशत व्याज तिर्नुपर्ने गरी तोकेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले १० वर्षभन्दा बढी अवधिको घर कर्जाको स्थीर व्याजदर १३.७५ प्रतिशत तोकेको छ । यस्तै, ५ वर्षसम्मको घरकर्जाको स्थीर व्याजदर चार्टर्डले १०.७५ प्रतिशत तोकेको छ ।

सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले १५ वर्षसम्मको घर कर्जाको व्याज ११ प्रतिशत तोकेको छ । सरकारी लगानी पनि भएको अर्काे बैंक नेपाल बैंकले ९.८५ प्रतिशत व्याजमा घर कर्जा लिने भनेको छ ।

नेपाल एसबीआइ बैंकले सार्वजनिक गरेको व्याजदर अनुसार १० वर्षसम्मको घर कर्जा लिनेले १४ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । ग्लोबल आइएमई बैंकले १५ वर्षभन्दा बढी अवधिको घर कर्जा लिनेले वार्षिक ११.९९ प्रतिशतका दरले व्याज तिर्नुपर्ने भनेको छ ।

बैंक अफ काठमाण्डूबाट १५ वर्षसम्मको घर कर्जा लिँदा वार्षिक ११.९८ प्रतिशत व्याज तिर्नुपर्ने गरी स्थीर व्याजदर कायम गरिएको छ । सनराइज बैंकले १५ वर्षसम्मको घर कर्जा लिनेले वार्षिक ११.५ प्रतिशत व्याज तिर्नुपर्ने भनेको छ ।

सेञ्चुरी बैंकले १० वर्षभन्दा बढीको घर कर्जा लिनेले वार्षिक १२.७४ प्रतिशतका दरले व्याज तिर्नुपर्ने गरी स्थीर व्याजदर निर्धारण गरेको छ । प्राइम कमर्सियल बैंकले यस्तो कर्जाको व्याजदर १२ प्रतिशतसम्म तोकेको छ । नबिल बैंकले १५ वर्षसम्मको घरकर्जाको व्याज ११ प्रतिशत तोकेको छ ।

सानिमा बैंकबाट ३ वर्षभन्दा बढी अवधिको घर कर्जा लिनेले वार्षिक १३ प्रतिशत व्याज तिर्नुपर्ने निर्णय भएको सार्वजनिक गरेको छ । सिद्धार्थ बैंकले १० वर्षभन्दा बढी अवधिको घर कर्जाको स्थीर व्याजदर वार्षिक १०.७५ प्रतिशत तोकेको छ ।

सरकारको पनि लगानी रहेको कृषि विकास बैंकले १० वर्षभन्दा बढी अवधिको कर्जा लिनेले वार्षिक ११.२५ प्रतिशत व्याज तिर्नुपर्ने गरी स्थीर व्याजदर निर्धारण गरेको छ । यस्तै, नेपाल बंगलादेश (एनबी) बैंकले २० वर्षसम्मको घर कर्जाको स्थीर व्याजदर ११.४९ प्रतिशत कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.