काठमाडाैं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पूर्णप्रसाद आचार्य नियुक्त भएका छन् । उनलाई नेपाल स्टक एक्सचेन्जको सोमबार बसेको संचालक समितिको बैठकले सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
इलाम घर भएका आचार्य कृषि विकास बैंककाे पूर्व डेपुटी सीईओ समेत हुन् । आचार्य कृषि विकास बैंकका अवकाश प्राप्त कर्मचारी हुन् । उनले अब सिडिएससीमा आगामी ४ वर्षको लागि नेतृत्व गर्नेछन् ।
आइतबार छनौट समितिले कृष्ण गिरी, भीष्म चालिसे र उनै आचार्यको नाम सिफारिस गरेको थियो । सीईओका लागि आवेदन भने ७ जनाले दिएका थिए । सीईओका लागि पूर्णप्रसाद आर्चाय, कृष्ण गिरी, भीष्मराज चालिसे, मानबहादुर खत्री, दिनेशकुमार बर्तौला, डिल्लीप्रसाद चौधरी, कृष्ण लामिछानेले आवेदन दिएका थिए ।
सञ्चालक समितिले भने ती मध्ये कृष्ण गिरी, भीष्म चालिसे र पूर्णप्रसाद आर्चायको नाम सिफारिस गरेको थियाे । तीन जनामा आचार्य सीईओमा नियुक्त भएका हुन् ।
पूर्व प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको कार्यकाल गत असोज ९ मा सकिएपछि सीईओका लागि खुल्ला आवेदन गरिएको थियो ।