स्टक डिलर कार्यविधि भदौदेखि लागू, सेयर किनबेच गर्न कम्तिमा एक हजार कित्ता हुनुपर्ने

  २०७७ साउन २६ गते १९:४४     विकासन्युज

काठमाडौं । धितोपत्र व्यापारी(स्टक डिलर) कार्य सञ्चालन कार्यविधि आगामी भदौदेखि लागू हुने भएको छ । नेप्सेको सञ्चालक समितिको बैठकले ‘धितोपत्र व्यापारी(स्टक डिलर) कार्य सञ्चालन कार्यविधि, २०७७’ स्वीकृत गरी भदौ १ गतेदेखि लागू हुने निर्णय गरेको हो ।

उक्त कार्यविधि अनुसार जतिसुकै चुक्ता पुँजी भएको स्टक डिलरले न्युनतम एक हजार कित्ताभन्दा कम परिमाणको सेयर किनबेच गर्न नपाउने भएका छन् ।

त्यस्तै, उनीहरुले एक दिनभन्दा बढी बहाल रहने गरी प्रणालीमा खरिद बिक्रीको लागि अडर गर्न नपाउने व्यवस्था गरिएको छ । स्टक डिलरले २० करोड भन्दा कम चुक्ता पुँजी भएको कम्पनीलाई नियमित कारोबारमा समावेश गर्न पाउने छैनन् ।

कार्यविधिमा स्टक डिलरले कम्पनीको चुक्ता पुँजीको आधारमा एक पटकमा गर्ने सेयर किनबेचको लागि सीमा तोकिएको छ । ८ अर्ब रुपैयाँ वा सो भन्दा बढी चुक्ता पुँजी भएको कम्पनीको एक पटकमा ५० हजार कित्तासम्म सेयर किनबेच गर्न पाउने छ ।

त्यस्तै, ५ अर्ब रुपैयाँभन्दा बढी र ८ अर्ब रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको ४० हजार कित्तासम्म, २ अर्ब रुपैयाँभन्दा बढी र ५ अर्ब रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको ३० हजार कित्तासम्म तथा एक अर्ब रुपैयाँभन्दा बढी र २ अर्ब रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको २५ हजार कित्तासम्म सेयर किनबेच गर्न पाउने कार्यविधिमा व्यवस्था गरिएको छ ।

त्यसैगरी, स्टक डिलरले ५० करोड रुपैयाँभन्दा बढी र एक अर्ब रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको २० हजार कित्तासम्म र २० करोड रुपैयाँभन्दा बढी र ५० करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको १० हजार कित्तासम्म सेयर किनबेच गर्न पाउने छन् ।

यस्ता छन् स्टक डिलरले गर्न नहुने १४ काम

यस्ताे छ कार्यविधिः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.