सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारण सभा भदौ १३ गते, के के छन् विशेष प्रस्ताव ?

  २०७७ साउन १८ गते १३:५७     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २३औं वार्षिक साधारण सभा आगामी भदौ १३ गते बस्ने भएको छ । संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६को सभा सो दिन बिहान १० बजे कम्पनीको प्रधान कार्यालय काठमाडौंको नक्सालमा गर्ने निर्णय गरेको हो ।

बैठकले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धि आवश्यक कार्य गर्ने अधिकार संचालक समितिलाई दिने विशेष प्रस्ताव राखेको छ ।

त्यस्तै, कम्पनीबाट सामाजिक संघसंस्थालाई आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड ‘ग’ ले निर्धारण गरेको सिमा नाघेको हुँदा सो अन्तर्गत भएको ९० हजार रुपैयाँ भएको खर्चलाई अनुमोदन गर्ने सञ्चालक समितिको प्रस्ताव रहेको छ ।

त्यस्तै, सामान्य प्रस्ताव अन्तर्गत कम्पनीको आव २०७५/७६ को लेखा परिक्षण गर्नका लागि लेखा परीक्षण समितिको सिफारिस बमोजिम लेखा परिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने रहेको छ । वर्तमान लेखापरिक्षक बि.के अग्रवाल एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्सको यो तेश्रो वर्ष भएकोले पुनः नियुक्ति हुन सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी, आव २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने सामान्य प्रस्ताव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.