कर्मचारी सञ्चय कोषका ऋणीले माछापुच्छ्रे बैंकबाट ऋण तिर्न सक्ने

  २०७७ साउन १२ गते १७:१२     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषबाट ऋण लिएका ऋणीले माछापुच्छ्रे बैंकबाट ऋण तिर्न सक्ने भएका छन् । कोषबाट कर्जा लिएका ऋणीहरूले साँवा र ब्याजसहितको किस्ता रकम बिद्युतिय माध्यम (कनेक्ट आईपीएस इपेमेन्ट) बाट माछापुच्छ्रे बैंक खातामा भुक्तानी गर्न सक्ने भएका छन् ।

यससम्बन्धी दुई कम्पनीबीच सम्झौता भएको छ । सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने तथा कर्मचारी सञ्चय कोषको तर्फबाट चिफ म्यानेजर अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएका कर्मचारी सञ्चय कोषका ऋणीहरूले कनेक्ट आइपिएस अनलाईन पोर्टलमा लग इन गरेपश्चात् गभरमेन्ट पेमेन्ट अन्तर्गत कर्मचारी संचयकोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया शुरु गर्न सक्नेछन् । नयाँ व्यवस्था अनुसार बैंक नपुगिकन जुनसुकै ठाउँबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने छ ।

बैंकले हाल १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फतबाट सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.