अजोड इन्स्योरेन्सको आइपीओ किन्नु कत्तिको उचित होला ?

  २०७७ असार २४ गते १८:३५     नविन पाेखरेल

काठमाडौ । अजोड इन्स्योरेन्स कम्पनीले आफ्ना प्रमोटरहरु राम्रो भएको कारण लगानीकर्ताले राम्रो प्रतिफल पाउने बताएको छ । कम्पनीले स्थापनाको छोटो अवधिमा सबैको विश्वास र साथ पाएकाले आगामी दिनमा लगानीर्ताको हितमा काम गर्ने बताएको हो ।

प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले कम्पनीको प्रमोटर ग्रुपहरु नेपाली बजारमा रुचाइएका र बजारका ब्राण्ड भएकाले लगानीकर्ताले कुनै शंका वा दुविधा मान्न आवश्यक नरहेको बताए ।

‘कम्पनी आफैमा राम्रो छ, व्यवस्थापन तहमा अब्बल कर्मचारी साथीहरु हुनुहुन्छ, ग्राहकहरुको वर्षाैंदेखि सेवामा समर्पित रहनु भएका प्रमोटर रहेकोले लगानीकर्ताको लागि आकर्षण बन्छ भन्ने हाम्रो अनुमान पनि हो’, प्रमुख कार्यकारी अधिकृत खत्रीले भने ।

कम्पनीले गत चैत्र मसान्तसम्ममा ३ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ । सो कम्पनीको बीमा बजारमा ३ प्रतिशत हिस्सा छ । २० वटा निर्जीवन बीमा कम्पनीमध्ये अजोड इन्स्योरेन्स १५ औं स्थानमा छ । स्थापनाको छोटो अवधिमा पाएका यस्ता सफलताले थप उर्जा प्राप्त भएको प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए ।

इन्स्योरेन्सको कुल प्रिमियम ८३ करोड रुपैयाँ छ । इन्भेष्टमेन्ट १ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

प्रमोटर ग्रुपमा को को छन् ?

भाटभटेनी सुपर मार्केट, सेन्चुरी बैक, हाथवे इन्भेष्टमेन्ट, रियल स्टेटलयातका क्षेत्रका लगानीकर्ता नै सो कम्पनीको प्रमोटर छन् । त्यस्तै, नेपाल सरकारको विशिष्ट तहबाट अवसकास पाएका अनुभबी व्यक्तिहरुको समेत यस कम्पनीमा सहभागिता रहेको छ ।

के भन्छ कम्पनी ?

प्रमोटर गु्रप राम्रो भएकाले कम्पनी लगानीकर्ताहरुको आकर्षण रहने कम्पनी बताउछ । यस्तै, नेपालमा प्रसिद्ध रहेका प्रमोटरहरुमा लगानीकर्ताको विश्वास रहदै आएको छ ।

कम्पनी आफैले पनि समिक्षा गर्दा छोटो अवधिमा कम्पनीको नेटवर्क राम्रो छ । कम्पनीले आफ्नो इन्भेष्टमेन्ट राम्रो रहेको भन्दै त्यसमा सन्तुष्टी जनाउदै आएको छ ।

इन्स्योरेन्स कम्पनीको अर्को साल लगानीकर्तालाई १० प्रतिशत डिभिडेन्ट दिने लक्ष्य रहेको छ ।

समयमै सिइओ पाउँदा सहजता

कम्पनीले आफ्नो व्यवस्थापन पक्ष बलियो रहेकाले काम गर्न सहज भएको बताउँदै आएको छ । बीमा बजारमा लामो समयसम्म कतिपय कम्पनीहरु प्रमुख कार्यकारी अधिकृत विहिन अवस्थामा गुज्रनु परेको थियो । तर अजोडले भने समयमै प्रमुख कार्यकारी अधिकृत (सिइओ) पाएको थियो । त्यसैकारण पनि कम्पनीलाई फड्को मार्न सहज भएको बताइएको छ ।

कम्पनीले सुरुवाती चरणमा नै ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतको छनोट गर्न सफल भयो । अन्य बीमा कम्पनीकै तुलनामा पनि आफ्ना परिसुचकहरु बलियो रहनुमा कम्पनीले आफ्नो मात्र योगदान नभइ यसमा ग्राहकहरुको समेत माया जोडिएको बताएको छ ।

उक्त इन्स्योरेन्स कम्पनीले भोलिका दिनमा मध्यम आयस्तरदेखि न्यून आयस्तर भएका जनतासम्म बीमा सेवा प्रवाह गर्ने जानकारी दिएको छ ।

मुख्य कुरा भनेको छोटो समयमा नै सबैको साथ पाएकाले भोलिका दिनमा समेत लगानीकर्ता, बीमित तथा शुभचिन्तकहरुको हितमा काम गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत खत्री बताउँछन् ।

अजोड इन्स्योरेन्स कम्पनीले असार २५ गतेदेखि १ सय रुपैयाँ बराबरको ३० लाख कित्ता (३० करोड रुपैयाँ बराबरको) साधारण सेयर (आइपीओ) जारी गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.