अब पुँजीगत लाभकरलाई अन्तिम मानिने, हट्यो वर्षौदेखिको अन्योलता

  २०७७ असार ७ गते १९:३७     विकासन्युज

काठमाडौं । आन्तरिक राजस्व विभागले धितोपत्र कारोबारको पुँजीगत लाभकरलाई अन्तिम मान्ने भएको छ । वर्षौदेखि कर कार्यालय र लगानीकर्ताबीच रहेको अस्पष्टतालाई मेटाउँदै विभागले एक पत्र जारी गरी थप स्पष्ट बनाएको हो ।

यससँगै उनीहरुबीच रहेको अन्यौलता हटेको छ । साथै, लगानीकर्ताले आफूलाई पायक पर्ने आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट कर चुक्ता प्रमाणपत्र लिन सक्ने विभागका शाखा अधिकृत युवराज बस्नेतले जानकारी गराएका छन् ।

हाल धितोपत्र बजारको पुँजीगत लाभकर ५ प्रतिशत रहेको छ । उक्त करलाई अन्तिम मान्न लगानीकर्ताहरुले वर्षौ अघिदेखि माग गर्दै आएका थिए । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि यो करलाई अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाउन अर्थमन्त्रालय समक्ष आग्रह गरेको थियो ।

सम्बन्धित समाचारः

पुँजीगत लाभकरलाई अन्तिम मानेपछि सेयर बजारमा कस्तो असर पर्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.