उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने भएको छ । आइतबार बसेको पदाधिकारीको बैठकले साधारणसभाको मिति प्रस्ताव गरेको उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए । पदाधिकारीको बैठकले गरेको प्रस्ताव अनुसार सोमबार बस्ने कार्यसमितिको बैठकले अन्तिम निर्णय लिनेछ । साधारणसभा काठमाडौंमा राखिने भएको छ । साउन २१ गतेसम्म सरकारकाे लकडाउन रहेकाेले [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने भएको छ । आइतबार बसेको पदाधिकारीको बैठकले साधारणसभाको मिति प्रस्ताव गरेको उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए ।

पदाधिकारीको बैठकले गरेको प्रस्ताव अनुसार सोमबार बस्ने कार्यसमितिको बैठकले अन्तिम निर्णय लिनेछ । साधारणसभा काठमाडौंमा राखिने भएको छ ।

साउन २१ गतेसम्म सरकारकाे लकडाउन रहेकाेले २५ र २६ गते साधारणसभाकाे मिति तय गरिएकाे अध्यक्ष भवानी राणाले बताइन् ।

काेराेना संक्रमणकाे जाेखिमका कारण भिडभाड गर्न नहुने सरकार र विश्व स्वास्थ्य संगठनले बताउँदै आएका छन् । यस्ताे बेलामा अनलाइनबाट मतदान गर्ने अभ्यास पनि हुँदै आएकाे छ । तर महासंघकाे निर्वाचनमा हुने मतदान परम्परागत शैलीमा नै हुने अध्यक्ष राणाले बताइन् ।

काेराेना भाइसर संक्रमणकाे जाेखिम अधिक भएमा वा सरकारले लकडाउन जारी राखेमा पदाधिकारीकाे बैठकले साधारणासभाकाे मिति सार्न सक्ने उनले बताइन् ।

गत चैत २९ र ३० गते तय भएको महासंघको चुनावी साधारणसभा कोभिड–१९ का कारण स्थगित भएको थियो ।

निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल र किशोर कुमार प्रधानबीच प्रतिस्पर्धा हुदैछ ।

जिल्ला उपाध्यक्षमा गुणनिधी तिवारी र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।

बस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पिर्धा हुँदैछ ।

एसोशिएट उपाध्यक्षमा सौरभ ज्योति र रामचन्द्र संघाईबीच प्रतिस्पर्धा हुँदैछ ।

निर्वाचनपछि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वातः अध्यक्ष बन्नेछन् । काेषाध्यक्षकाे चयन निर्वाचित कार्यसमितिले चयन गर्नेछ ।

Share News