स्टक डिलरको प्रक्रिया अघि बढाउन लगानी काेषलाई बोर्डको पत्राचार

  २०७७ असार २ गते १४:०६     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया छिट्टै अगाडि बढाउन नेपाल धितोपत्र बोर्डले पत्राचार गरेको छ । पुँजी बजारमा स्थायित्व प्रदान गर्ने उक्त स्टक डिलरकाे  प्रक्रिया अघि बढाउन बाेर्डले असार १ गते लगानी कोषलाई पत्राचार गरेको हो ।

पुँजी बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले स्थापित भएको उक्त स्टक डिलरले पुँजी बजारमा संस्थागत लगानी बढाउनको लागि भित्रिन लागेकाे हाे । यससँगै नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा काम गर्न सक्ने छ ।

नागरिक लगानी कोषले सेयर बजारमा आउने उथलपुथललाई स्थीरता प्रदान गर्न १० अर्बको स्टक डिलर कम्पनी दर्ता गरेको थियो । यस डिलरले बजार धेरै घट्यो भने सेयर किन्ने र धेरै बढ्यो भने बेच्ने गरेर बजारलाई स्थायित्व प्रदान गर्ने काम गर्नेछ ।

यस्तै, कम्पनीले बढीमा १० अर्ब रुपैयाँसम्म बजारबाट उठाउनेछ । स्टक डिलर कम्पनीले सेयर बजारमा करिब १५ अर्ब रुपैयाँ लगानी गर्नेछ । आफूसँग भएको ५ अर्ब रुपैयाँ र बजारबाट बास्केट फण्डको रुपमा उठाएको १० अर्ब रुपैयाँ लगानी गरेर सेयर बजारलाई स्थायित्व प्रदान गर्ने काममा कोष लागेको कोषका उपकार्यकारी निर्देशक कट्टेलले जानकारी दिए ।

बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था समेटी मिति २०७६।११।०१ देखि लागू हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा संशोधन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.