नेपाल आउँन सबैभन्दा बढी भाडा लण्डनमा रहेका नेपालीले तिर्नुपर्ने, कुन देशमा रहेकालाई कति ?

  २०७७ जेठ २९ गते १२:४१     विकासन्युज

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिएसँगै विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने समय तालिका सार्वजनिक गरेको छ ।
खाडी तथा मध्यपूर्वी एवं अन्य मुलुकमा विभिन्न समस्यामा रहेका नेपालीहरुलाई सम्बन्धि देशको नियोगमार्फत नेपाल ल्याउने कामको शुरुवात गरिसकेको छ ।

बिहीबार कुवतेबाट ३ सय नेपाली फर्किदै छन् । यसअन्तर्गत आम-माफी पाएर क्यापमा बसेका तथा रोजगार गुमाएका, श्रमअवधि सकिएकालाई पहिलो प्राथमिकता रहेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स तथा सम्बन्धित देशको एयरलाइन्स गरि ६७ वटा उडान तालिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको छ ।

विभिन्न देशबाट करिब ५० हजारभन्दा बढी नेपालीले स्वदेश फर्कन आवेदन दिएपनि परराष्ट्र मन्त्रालयले २४ हजार १ सय २८ जनालाई नेपाल फर्कन सिफारिस दिएको छ ।

यस्तो छ उडान समय तालिका
जेठ २९ गते अर्थात आज कुवेतबाट २ वटा जहाजमा ३ सय नेपाली ल्याइने छ ।  जेठ ३२ गते अर्थात १४जुनमा बंगलादेशबाट २ वटा जहाजमा नेपालीलाई स्वदेश ल्याउने छ । कुवेत र बंगलादेशमा रहेका नेपालीलाई आफ्नै देशको विमानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइदिने जानकारी दिएको छ ।

असार १ गते (१५ जुन) माल्दिभ्स, मलेसिया, साउदी, सिंगापुर, कम्बोडिया, ओमानबाट नेपालीहरु ल्याइने छ ।  असार २ गते (१६ जुन) युएई, कतार, बंगलादेश, कुवेतमा रहेका नेपालीलाई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सबाट स्वदेश ल्याइने छ ।

बैंकक, बहराइन, बंगलादेश, कतार, अमेरिकामा रहेका नेपालीलाई असार ३ गते अर्थात १७ जुनमा नेपाल ल्याउने तालिका रहेको छ ।
असार ४ गते (१८ जुन) साउदी, युएई, मलेसिया, ओमनमा रहेका नेपाली ल्याइने छ ।  असार ५ गते अर्थात १९ जुनमा जापान, कुवेत, नाइजेरिया, साउदीबाट र असार ६ गते (२० जुन) साइप्रस, मलेसिया, कतार, युएई, बंगलादेश, युरोपियन युनियनमा रहेका नेपालीलाई ल्याइने छ ।

२१ जुन अर्थात असार ७ गते दक्षिण कोरिया, ओमन, कुवेत, मलेसिया त्यस्तै असार ८ गते (२२ जुन) अस्टे«लिया, पाकिस्तान, बैंकक, कतारमा रहेका नेपालीलाई ल्याइने छ ।  असार ९ गते (२३ जुन) मा जापान, माल्दिभ्स, युएई, युगान्डामा रहेका नेपालीलाई ल्याइने छ ।

असार १० गते (२४ जुन ) मा साउदी र कुवेतमा रहेका नेपालीलाई ल्याइने छ । अन्त्यमा २५ जुन अर्थात असार ११ गते साइप्रस, इजरायल, अमेरिकामा रहेका नेपालीलाई उद्धार गर्ने समय तालिका तयार भएको छ ।

भाडादर यस्ताे छ: 

बंगलादेश: १ सय ६५ अमेरिकी डलर

नयाँदिल्ली: २ सय ५ अमेरिकी डलर

मुम्बई: ३ सय १० अमेरिकी डलर

बैंगलोर: ३ सय ३५ अमेरिकी डलर

बैंकक: ३ सय ९० अमेरिकी डलर

युएई:  ५ सय अमेरिकी डलर

माल्दिभ्स: ५ सय ५ अमेरिकी डलर

ओमन: ५ सय १० अमेरिकी डलर

क्वालालाम्पुर: ५ सय २० अमेरिकी डलर

दोहा: ५ सय ४५ अमेरिकी डलर

बहराइन: ५ सय ४५ अमेरिकी डलर

हङकङ: ५ सय ५० अमेरिकी डलर

कुवेत: ५ सय ७० अमेरिकी डलर

साउदी (दमाम) : ५ सय ९० अमेरिकी डलर

साउदी (रियाद): ६ सय ३० अमेरिकी डलर

जेद्हा: ७ सय ७० अमेरिकी डलर

जोर्डज:  ८ सय १५ अमेरिकी डलर

साइप्रस:  ८ सय ७५ अमेरिकी डलर

जापान: ९ सय ३५ अमेरिकी डलर

सुडान: ९ सय ४० अमेरिकी डलर

लन्डन: १ हजार ३ सय ४० अमेरिकी डलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.