व्यापक विरोधपछि सरकार व्याक, कर तिर्ने समयावधि थपिने

  २०७७ जेठ २१ गते १४:३०     विकासन्युज

काठमाडौं । सरकारले कर तिर्ने समयावधि थप गर्ने भएकाे छ । यसअघि जेठ २५ भित्र कर तिर्नु पर्ने ताकेता गरेपछि त्यसकाे सर्वत्र विराेध भएकाे थियाे ।

आज नेपाल उद्योग वाणिज्य महासं र नेपाल उद्योग परिसंघको टोलिसगँ अर्थमन्त्रालयमा कर तिर्ने समय बढाउन सहमत भएको बताइएकाे छ ।

नेपाल उद्योग बाणिज्य महासंका अध्यक्ष भवानी राणाले सरकारले कर तिर्ने समय बढाउन सहमत भएको बताइन्।  ‘हामीले असार मसान्तसम्म कर तिर्ने समय मागेका छौं,  त्यसका लागि आन्तरिक राजस्व कार्यालयले बेलुकासम्म सूचना निकाल्ने भनेको छ,’ उनले भनिन् ।

व्यबसायीहरुबाट चर्को विरोध भएपछि अर्थ मन्त्रालयले कर तिर्ने अवधि बढाउन लागेको हो । आन्तरिक राजश्व विभागले जेठ २५ गतेसम्म कर भुक्तानी गर्न सूचना जारी गरेपछि व्यवसायीले लकडाउन जारी रहेको अवस्थामा कर तिर्न नसक्ने भन्दै विरोध गरेका थिए ।

व्यवसायीहरुको प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले अर्थसचिव शिशिरकुमार ढुङ्गानासँग बुधबार बिहान छलफल गरेका थिए । उक्त छलफलमा कर तिर्ने अवधि बढाउन मन्त्रालय तयार भएको हो ।

नेपाल चेम्बर अफ कर्मशले पत्र मार्फत तत्काल कर तिर्न नसकिने भनेर मन्त्रालयलाई पत्र पठाएको अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । लकडाउनको समय जेठ ३२ गतेसम्म रहेको तर त्यस अगाडि नै कर बुझाउन भनेपछि व्यबसायीहरुले कर तिर्न नसक्ने बताउदै आएका थिए ।

आन्तरिक राजश्व विभागले चैत्र मसान्तसम्मको आयकर, अन्तशुल्क र भ्याट विवरण तथा त्यसमा लाग्ने कर तिरी सक्न सूचना जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.