गत वर्षसँग नीति तथा कार्यक्रमको तुलनाः ‘मेरो सरकार’ हट्यो, ५८ बुँदा र ३७ पेज बढ्यो, अरु यस्ता छन् भिन्नता

  २०७७ जेठ २ गते २०:१५     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छन् । राष्ट्रपतिबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने संबैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

गत वर्षभन्दा यो वर्षको परिवेश भिन्न छ । गत वर्ष सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारको कार्यकाल एक वर्ष पूरा भएर केही महिना व्यतित भएको थियो । यो वर्ष राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा ओली नेतृत्वमा सरकार गठन भएको २ वर्ष पूरा भएर केही समय व्यतित भएको छ ।

गत वर्ष राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा नेपालको र विश्व परिवेश सामान्य थियो । आर्थिक विकास र समृद्धिका लागि प्रायः सबै देशको ध्यान केन्द्रीत भएको थियो । यसवर्ष सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा नेपालसहित विश्व नै कोरोना भाइरस संक्रमणले आक्रान्त छ । विश्व महामारीको रुप लिएको कोरोना भनाइरसका कारण लाखौं नेपालीले रोजगारी गुमाएका छन् । देश लकडाउनमा छ । उद्योग प्रतिष्ठान तथा बन्द व्यापार र सेवा व्यवसाय करिब ठप्प छ । गत वर्ष यस्तो अवस्था थिएन ।

यस्तै, गत वर्ष सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीलाई पार्टीभित्र र बाहिर व्यापक समर्थन थियो । यसपाली प्रधानमन्त्री ओलीप्रति पार्टीभित्रै पनि असन्तुष्टि छ । ओलीलाई सत्तारुढ नेकपाको अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाड्न आन्तरिक दबाब परेको छ । ओलीप्रति शंका गर्दै स्थायी समितिका केही सदस्यले बैठक बोलाउन माग गरेपनि उनले बैठक टार्दै आएका छन् । ओली पार्टीभित्रै पनि विवादमा परेका छन् ।

गत वर्ष सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समयमा तत्कालिन राष्ट्रिय जनता पार्टीले पनि समर्थन गरेको र फोरम सरकारमै सहभागी भएको कारण ओली सरकार दुई तिहाई बहुमतमा थियो । यसपाली फोरम सरकारबाट बाहिरिएको र राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको कारण सरकार दुई तिहाई बहुमतमा छैन ।

यस्तै सन्दर्भमा गत वर्ष सरकारले ल्याएको नीति तथा कार्यक्रम र यसपालीको नीति तथा कार्यक्रमबीच के कस्ता भिन्नता छन् भनेर देखाउने प्रयास गरिएको छ ।

गतवर्षः नीति तथा कार्यक्रममा २१८ बुँदा
यसवर्षः २७६ बुँदा

गतबर्षः २६ पेजको नीति तथा कार्यक्रम सम्बोधन
यसबर्षः ६३ पेजको नीति तथा कार्यक्रम

गतवर्षः सम्बोधनमा ‘मेरो सरकार’
यसवर्षः सम्बोधनमा ‘यस सरकार’

गतवर्षः नीति तथा कार्यक्रम बैशाखमै
यसवर्षः नीति तथा कार्यक्रम जेठमा

गतवर्षः पहिलो बुँदामा ‘संयुक्त संसदलाई सम्बोधन गर्न पाउँदा खुसी लागेको छ ।’
यसवर्षः ‘कोरोना महामारीको बीचमा सम्बोधन गर्दैछु ।’

गतवर्षः दोस्रो बुदामा सहिदको स्मरण
यसबर्षः सहिदकै स्मरण

गतबर्षः तेस्रो बुदामा अघिल्लो आवको नीति तथा कार्यक्रम पेश गर्दाको अवस्था स्मरण
यसवर्षः कोरोना संक्रमण भएका नेपाली तथा विदेशी नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना, ज्यान गुमाउनेका आफन्तप्रति गहिरो समवेदना

गत वर्षः चौथो बुँदामा सबै प्रकारका संक्रमण सकिएर शान्ति र स्थायित्व कामय भएको दाबी
यसवर्षः कोरोना संक्रमणको असर बारे चर्चा

गतबर्षः पाँचौं बुँदामा राजनीतिक उपलब्धिको व्याख्या
यसबर्षः कोरोना असर बारे चर्चा

गतबर्षः छैटौं बुँदामा संविधान कार्यान्वयनमा सरकारको प्रतिवद्धताको प्रसंशा
यसबर्षः कोरोना असर बारे चर्चा

गतबर्षः सातौं बुँदामा संविधान कार्यान्वयनको चर्चा
यसबर्षः कोरोना संक्रमण रोक्न नेपाल सरकारले चालेका कदमको प्रसंशा

गतबर्षः आठौं बुँदामा सबै राजनीतिक दलले संविधान स्वीकार गरेको प्रसंग
यसबर्षः कोरोना संक्रमण रोक्न अग्रपंतीमा खटिनेहरुप्रति आभार

गतबर्षः नवौं बुँदामा राजनीतिक दलहरुबीच एकता, सहकार्य र विश्वासको वातावरण बनेको व्याख्या
यसबर्षः कोरोना रोकथाम कोषमा रकम दिनेहरुलाई धन्यवाद

गतबर्षः १०औं बुँदामा जनप्रतिनिधिले जनताको मन जितेको दलिल
यसबर्षः वर्तमान राजनीतिक प्रणाली राम्रो भएको व्याख्या

गतबर्षः ११औं बुँदामा अन्तराष्ट्रिय मञ्च र विकास साझेदारहरुले नेपालप्रति सकारात्मक भाव देखाएको विषय
यसबर्षः नेपालले अपनाएको लोकतन्त्र परिपूर्ण लोकतन्त्र

गतबर्षः १२औं बुँदामा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको उलपब्धीको चर्चा
यसबर्षः परिपूर्ण लोकतन्त्र कस्तो हुन्छ भन्ने जानकारी

गतबर्षः १३औं बुँदामा अन्तराष्ट्रिय मञ्चमा नेपालको उपस्थितिको चर्चा
यसबर्षः नेपाली लोकतन्त्र परिपूर्ण र समाजवाद उन्मुख भएको दलिल

गतबर्षः १४औं बुँदामा तीन तहका सरकारबीच समन्वयको व्याख्या
यसबर्षः राजनीतिक स्थीरता किन जरुरी छ भन्ने व्याख्या

गतबर्षः १५औं बुदामा सरकारले लिएको नीतिका कारण उच्च आर्थिक बृद्धि भएको दाबी
यसबर्षः यो बुँदामा पनि राजनीतिक स्थायित्व जरुरी भएको विषय समावेश

गतबर्षः १६औं बुँदामा २०७५ चैतमा भएको लगानी सम्मेलनको व्याख्या
यसबर्षः सरकारले नेपालीको मान, सम्मान, स्वाभिमान र गौरव बढाउनेतर्फ पूर्ण इमान र सम्पूर्ण सामार्थका साथ सोच र कार्यहरुलाई केन्द्रीत गरेको दाबी

गतबर्षः १७औं बुँदामा सार्वजनिक प्रशासन गज्जव भएको दलिल
यसबर्षः सरकारका नीति र कार्यक्रम जनमुखी, कार्यान्वयन परिणामुखी भएको भनाइ

गतबर्षः १८औं बुँदामा सरकार र निजी क्षेत्रबीच समन्वय गर्न बनाइएको संयन्त्रको चर्चा
यसबर्षः दुई बर्षमा सरकारले उत्साहवद्र्धक काम गरेको, समृद्ध नेपाल निर्माणका लागि बलियो आधारशिला निर्माण गरेको भनाइ

गतबर्षः १९औं बुँदामा प्रधानमन्त्री ओलीका नाराहरु रेल, पानी जहाज र नेपालकै स्याटलाइटको औचित्य पुष्टीको प्रयास
यसबर्षः मुलुकमा स्थीरता र स्थायित्व कायम भएको, कानुन बनेको र कार्यान्वयन भएको जानकारी

गतबर्षः २०औं बुँदामा सरकारले बनाएको झोलुंगे पुल र गर्भवती महिलाको हेलिकोप्टरबाट गरिएको उद्धारको चर्चा
यसबर्षः तीन तहका सरकारबीच समन्वयको चर्चा

गतबर्षः २१औं बुँदामा भूकम्पपछिको पुननिर्माणमा उल्लेख प्रगति भएको उल्लेख
यसबर्षः प्रदेश र स्थानीय तहलाई स्रोत साधान उपलब्ध गराइएको भनाइ

गतबर्षः २२औं बुँदामा प्रतिभाहरुको पहिचान, परिचालन र प्रबद्र्धन सुरु गरिएको जानकारी
यसबर्षः लकडाउनमा अत्यावश्यक बस्तु तथा सेवा आपूर्तिको प्रसंग

गतबर्षः २३औं बुँदामा बनेका सडक र पुलको चर्चा
यसबर्षः लकडाउनको कारण उद्योग र सर्वसाधारणलाई परेको असर न्यूनिकरणका लागि सरकारले उपलब्ध गराएको राहत र सहुलियतको विषय

गतबर्षः २४औं बुदामा बिमानस्थल निर्माणको प्रगति विवरण
यसबर्षः नेपालको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र राष्ट्रिय एकता सुदृढ भएको भनाइ

गतबर्षः २५औं बुँदामा विद्युत उत्पादन र खपतको चर्चा
यसबर्षः सरकारको प्रतिवद्धता केमा बढी छ भन्ने चर्चा

गतबर्षः २६औं बुँदामा जलमार्गका कुरा
यसबर्षः सरकारको परराष्ट्र सम्बन्ध कस्तो छ भन्ने चर्चा

गतबर्षः २७औं बुँदामा जनता आवाश कार्यक्रमको चर्चा
यसबर्षः सार्वजनिक सेवा प्रवाहको अवस्थाबारे चर्चा

गतबर्षः २८औं बुँदामा विद्यालय भर्ना दरको प्रसंग
यसबर्षः विकासका लागि सरकारका दीर्घकालिन सोच र कार्यक्रमको चर्चा

गतबर्षः २९औं बुँदामा कृषि उत्पादनको विषय
यसबर्षः तुइनको अन्त्य गरेको, रेलमार्ग, सडक र विमानस्थल निर्माण र संचालनको प्रसंग

गतबर्षः ३०औं बुँदामा विशेष आर्थिक क्षेत्र निर्माण र संचालनको प्रसंग
यसबर्षः खानी, खनिज र जलस्रोत उपयोगको चर्चा

गतबर्षः ३१औं बुँदामा सुचना प्रविधि प्रयोगको प्रसंग
यसबर्षः कृषि क्षेत्रको विकासको प्रसंग

गतबर्षः ३२औं बुँदामा प्रधानमन्त्री रोजगार कार्यक्रम तथा मलेशिया र जापानसँग श्रम सम्झौता भएको विषय
यसबर्षः समृद्धिलाई कूल गार्हस्थ उत्पादन वा त्यसको प्रतिव्यक्ति आयको आधारमा मात्रै नाप्न हुदैन, मानवीय गरिमा र अस्तित्वलाई महत्व दिनुपर्छ

गतबर्षः ३३औं बुँदामा सामाजिक सुरक्षा कार्यक्रम र जेष्ठ नागरिक स्वास्थ्य बीमा योजनाको चर्चा
यसबर्षः सहरहरु सडक बालबालिक र सडक मानमुक्त भएका छन्, मगन्तेरहित भएका छन्

गतबर्षः ३४औं बुँदामा पर्यटन क्षेत्रको प्रसंग
यसबर्षः जनतालाई अधिकार सम्पन्न बनाउन कार्यसम्पादन सम्झोत तथा अनुगमनको पनि अनुगमन सुरु गरिएको जानकारी

गतबर्षः ३५औं बुँदामा राष्ट्रिय सुरक्षा नीति
यसबर्षः सरकारले गज्जव काम गरिरहेको थियो, कोरोनाले खतम पारिदियो भन्ने आशय

गतबर्षः ३६औं बुँदामा वित्तीय अपराध नियन्त्रणमा सरकार कमदमको व्याख्या
यसबर्षः कोरोना महामारीका बीच नेपालले अख्तियार गर्ने ९ वटा रणनीतिको जानकारी

गतबर्षः ३७औं बुँदामा पुँजीगत खर्च बढाउन अपनाइने रणनीतिको चर्चा
यसबर्षः नेपाललाई कोरोनामुक्त बनाउन सरकारले चाल्ने कदमको जानकारी

गतबर्षः ३८औं बुँदामा सरकारको दृष्टिकोण र शैलीका कारण सम्पूर्ण नेपालीमा उत्साह संचार भएको दाबी
यसबर्षः कोरोनाको कारण परेको असरको अध्ययन गरेर रणनीति तय गरिने जानकारी

गतबर्षः ३९औं बुँदामा सरकारले इतिहास रच्ने समृद्धिको आधार बर्ष बनाएको, त्यसमा सबै नेपालीलाई धन्यवाद
यसबर्षः कोरोना महामारीपछि क्षेत्रगत रुपमा संचालन गरिने रणनीतिको जानकारी

गतबर्षः ४०औं बुँदामा आगामी आर्थिक वर्ष तीब्र आर्थिक विकासको बर्ष हुने घोषणा, जुन यही आर्थिक वर्ष हो ।
यसबर्षः कोरोना महामारीको अवस्था हेरेर सरकारका कार्यक्रमहरुको पुनःप्राथमिकीकरण हुन सक्ने जानकारी

बाँकी बुँदा तपाई आफै हेर्न सक्नुहनेछ ।

नीति-तथा-कार्यक्रम-२०७७-७८

नीति तथा कार्यक्रम २०७६-७७

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.