काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गलत सच्चाएको छ । योभन्दा अगाडि २ सय ५० जना कोरोना संक्रमित भएको भन्दै विज्ञप्ती जारी गरेको थियो । तर, पुनः त्यो नभएको जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक थप पाँच जनामा कोरोना पुष्टि भएको भन्ने विवरण प्राविधिक कारणले दोहोरिएकोले सच्याएको छ ।
यस अघि सर्लाही, धनुषा र महोत्तरीका गरी थप पाँच जनामा कोरोना पुष्टि भएको विज्ञप्ति जारी गरेको थियो । अहिलेसम्म सङ्क्रमित सङ्ख्या २४५ मात्र कायम रहेको छ ।