काठमाडाैं । कपिलवस्तुकी एक घरभित्रै रहेकी बालिकामा काेराेना संक्रमण देखिएकाे छ। कोरोना संक्रमित ६ वर्षीया बालिका वाणगंगा नगरपालिका ४ ठाकुरापुर की रहेको खुलेको हाे। घरमै बसिरहेकी ती बालिकामा कसरी काेराेना संक्रमण देखियो स्थानीय आश्चर्यमा परेका छन् ।
‘बालिकाको परिवारमा कोही पनि विदेशबाट आएका छैनन् र उनी पनि घर बाहिर टाढा कतै नगएको उनका अभिभावकले बताएका छन्,’ वडा अध्यक्ष गणेश क्षेत्रीले भने, ‘घरमै बसेकी बालिकालाई कसरी कोरोना देखियो हामी सबै अचम्ममा परेका छौं ।’
स्वास प्रश्वाससम्बन्धी समस्या देखिएपछि वडा कार्यालयको सिफारिस लिएर ती बालिकालाई मंगलबार काठमाडौंमा उपचार गराउन पठाइएको वडा अध्यक्ष क्षेत्रीले बताए । अस्पतालले उनको स्वाब परीक्षण गराउँदा संक्रमण देखिएको उनले बताए ।
बालिकामा संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आएकाहरूको खोजी गरी परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएकाे छ ।