कोरोना संकटपछि राष्ट्र बैंकको यस्तो आयो १९ बुँदे प्याकेज (सर्कुलरसहित)

  २०७६ चैत १६ गते १९:२१     विकासन्युज

काठमाडौं । विश्वभर सन्त्रास र संक्रमण फैलाइरहेको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाली अर्थतन्त्रमा परेको असर न्यूनिकरण र सम्बोधनको लागि नेपाल राष्ट्र बैंकले १९ बुँदे प्याकेज ल्याएको छ ।

राष्ट्र बैंकले आजै सर्कुलर जारी गरेर प्याकेज ल्याएको हो । सो प्याकेजमा बैंकबाट ऋण लिएका व्यक्तिहरुले ऋणको किस्ता आगामी असार मसान्तभित्र तिरे हुने भएको छ ।

‘२०७६ चैत महिनामा असुल गर्नुपर्ने मासिक/त्रयमासिक किस्ताहरुको (क्रेडिट कार्डसमेत) भुक्तानी २०७७ असार मसान्तसम्ममा हुने व्यवस्था मिलाउनु पर्नेछ । सो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन पाइने छैन । किस्ता असुल नभएको कारणले कर्जालाई तल्लो वर्गमा वर्गीकरण गर्नु पर्ने छैन,’ राष्ट्र बैंकको सर्कुलरमा उल्लेख गरिएको छ ।

यस्तो छ १९ बुँदे सर्कुलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.