अनुहार प्रष्ट, मिति अस्पष्ट

  २०७६ फागुन २८ गते २२:४९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको उम्मेदवारहरु अनुहार प्रष्ट भएका छन् तर मिति अस्ष्पट भएको छ ।
बुधबार रामचन्द्र संघाईले महासंघको आगामी निर्वाचनमा एशोसिएट समूहबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणासँगै पदाधिकारीमा उम्मेदवारी दिने ८ जनाको नाम टुंगिएको छ ।

संघाईको उम्मेदवारीसँगै बरिष्ठ उपाध्यक्षको उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहमा पदाधिकारीको टुंगो लागेको छ । जिल्ला नगर समूहको उपाध्यक्षमा गुणनीति तिवारी, बस्तुगत समूहको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा संघाईको उम्मेदवारी पक्का भएको छ ।

वरिष्ठ उपाध्यक्षको उम्मेदवार किशोर प्रधान समूहमा जिल्ला नगर समूहको उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगतमा अञ्जन श्रेष्ठ र एशोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी दिने पक्का भएको छ ।

अहिलेसम्म ढकाल र प्रधानले मात्र सार्वजनिक कार्यक्रम आयोजना गरि उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षले मात्र उम्मेदवारी घोषणा गर्दा सर्बसहमतिमा पदाधिकारी चयनको थोरै सम्भावना रहेकाेमा संघाईको उम्मेदवारीसँगै सबै पदाधिकारीमा निर्वाचन हुने सम्भावना बढी देखिएको छ ।

पदाधिकारीमा उम्मेदवारी घाेषणासँगै महासंघको मुल नेतृत्व पूर्णत दुई धुर्वमा धुर्विकृत भएको छ । वर्तमान ८ जना पदाधिकारी मध्ये ढकालको पक्षमा ५ जना र प्रधानको पक्षमा ३ जना देखिएका छन् ।

अध्यक्ष भवानी राणा, बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष निरक केसी, वरिष्ठ सदस्य चण्डिराज ढकाल एउटा पक्षमा उभिएका छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका र किशोर प्रधान एक समूहमा उभिएका छन् ।

त्यस्तै, पूर्व अध्यक्ष सुरज बैद्य ढकालको पक्षमा र पूर्व अध्यक्ष कुशकुमार जोशी एवं विनाेद बहादुर श्रेष्ठ प्रधानको पक्षमा खुलेर आएका छन् ।

महासंघले आगामी चैत २८ गते वार्षिक साधारणसभा र २९ गते चुनावको मिति तोकेको छ । तर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्राससँगै धेरै मानिस जमघट हुने कार्यक्रमहरु आयोजना नगर्न सरकारले अपिल गरेपछि महासंघले अधिवेशन रोक्ने वा नसक्ने भन्ने निर्णय गर्न फागुन ३० गते कार्यसमितिको बैठक बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.