बिमानले काठमाडौंमा दुई दिने वर्कशप गर्दै

  २०७६ फागुन १३ गते १९:२५     विकासन्युज

काठमाडौं । ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट एशोसियसन अफ नेपाल (बिमान)ले दुई दिने ‘बिमान डीडब्लुएन वर्कशप २०२०’ गर्ने भएको छ । संस्थाले आगामी फागुन १६ र १७ गते काठमाडौंको मिनभवन स्थित शुभलक्ष्मी भवनमा उक्त वर्कशप गर्न लागेको हो ।

शुभलक्ष्मी भवनको चौथो तलामा हुन लागेको उक्त वर्कशपमा वोर्डप्रेस, नेटवोर्किङ् र डिजिटल मार्केटिङ सम्बन्धि प्रशिक्षण गराइने छ । सम्बन्धित विषयका प्रतिष्ठित शिक्षकहरुद्वारा प्रशिक्षण दिइने सो वर्कशपमा ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (बिआईएम) पढ्दै गरेका विद्यार्थीहरु सहभागि हुन सक्नेछन् ।

दुबै दिन दिउँसो १२ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने उक्त वर्कशपमा नेटवोर्किङ् तथा डिजिटल मार्केटिङ एक/एक दिन र वोर्डप्रेस दुबै दिन हुने कार्यक्रम रहेको छ । तीन घण्टा हुने कार्यक्रममा पहिलो दिन वोर्डप्रेस र नेटवोर्किङ् बारे प्रशिक्षण दिइने छ भने दोश्रो दिन वोर्डप्रेस र डिजिटल मार्केटिङ सम्बन्धि प्रशिक्षण दिइने बिमानका अध्यक्ष सुरज भट्टराई-असराजले जानकारी दिएका छन् ।

काठमाडौंमा बिआईएम पढिरहेका विद्यार्थी जो वोर्डप्रेस, नेटवोर्किङ् तथा डिजिटल मार्केटिङ मध्ये कुनै एकमा आफ्नो करीयर बनाउन चाहन्छन्, तर यसबारे अझै पनि अनविज्ञ छन्, उनीहरुलाई नै विषेश लक्षित गरी यो कार्यक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष भट्टराईले बताए । यसमार्फत उनीहरुलाई उक्त विषयबारे नयाँ नयाँ कुरा सिकानु साथै नबुझेका कन्सेप्ट तथा जिज्ञासाहरुलाई प्रष्ट बनाइदिनु कार्यक्रमको उद्देश्य रहेको उनले जनाए ।

कार्यक्रममा सहभागि हुनको लागि बिमानको फेसबुक पेजमार्फत तथा संस्थाका कार्यसमितिहरुसँग सम्पर्क गरेर वर्कशपको बारेमा थप जानकारी लिन सक्नेछन् । साथै, उनीहरुले आ-आफ्नो कलेज डिपार्टमेन्टसँग सम्पर्क गरी वर्कशपमा सहभागि हुन सक्ने छन् ।

त्यस्तै, मूख्य प्रायोजकमा सिद्धार्थ बैंक रहेकाे यस कार्यक्रमको भेन्यू पार्टनरमा मेजेस्टी फाउन्डेशन रहेको छ भने मिडिया पार्टनरमा अनलाईन आर्थिक समाचार पोर्टल विकासन्युज डटकम रहेको छ ।

बिमानको बारेमाः

‘अ यूनियन फर सोलुसन’ भन्ने मूल नाराका साथ खोलिएको एक गैरनाफामूलक सामाजिक संस्था हो, बिमान। जुन, त्रिभुवन विश्वविद्यालयबाट ‘स्नातकतह सूचना व्यवस्थापन(ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट)’ पढिरहेका विद्यार्थीहरुलाई एकजुट गराउने उद्देश्यले गठन भएको हो ।

के के छन् उद्देश्य ?

-बिआईएम अध्ययन गरिरहेका विद्याथीहरुबीच अझ बलियो सम्बन्ध कायम राख्ने,
-‘बिआईएम स्टडी नोटस्’ बाट भैरहेको विद्याथीहरुलाई समयमा पढाई सम्बन्धी सामग्रीहरु उपलब्ध गराउने,
-अन्य शैक्षिक एवम् व्यवसायीक संघसंस्थासँग सम्बन्ध राख्ने,
-बिआईएम पढिरहेका विद्यार्थीहरलाई इन्टर्न, प्रोजेक्ट तथा अन्य कार्यमा आउन सक्ने समस्यालाई समाधान गरिदिने,
-बिआईएम शिक्षाको विकासको लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने,
-बिआईएम अध्ययन गरिरहेका विद्याथीहरुलाई प्रविधिसँगसँगै सामाजिक कार्यमा पनि संलग्न गराउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.