नागरिक लगानी कोषले दर्ता गर्यो १० अर्बकाे स्टक डिलर कम्पनी

  २०७६ माघ २९ गते १८:०८     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले सेयर बजारमा आउने उथलपुथललाई स्थीरता प्रदान गर्न स्टक डिलर कम्पनी दर्ता गरेको छ । कोषले बुधबार(माघ २९ गते) मात्रै १० अर्बको उक्त कम्पनी दर्ता गरेको हो ।

यससँगै कम्पनीले आगामी साता अर्थात फागुनको पहिलो हप्तामा बोर्ड गठन गर्ने तयारी गरेको कोषका उपकार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेलले जानकारी दिए । उनले भने- ‘सेयर बजारमा ठूलो घटबढ हुन नदिन स्टक डिलर स्थापना गर्न लागेका हौं, बजार धेरै घट्यो भने सेयर किन्ने र धेरै बढ्यो भने बेच्ने गरेर बजारलाई स्थायित्व प्रदान गर्ने काम डिलरले गर्नेछ ।’

कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ हुनेछ भने चुक्ता पुँजी ५ अर्ब रुपैयाँ हुनेछ । ४ वटा कम्पनीको लगानीमा खोलिएको उक्त कम्पनीमा सबैभन्दा बढी लगानी सीआईटीको रहेको छ । जसको ५१ प्रतिशत सेयर रहेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी(एनटीसी) को ९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर रहेको कोषले जानकारी दिएको छ ।

यस्तै, कम्पनीले बढीमा १० अर्ब रुपैयाँसम्म बजारबाट उठाउनेछ । स्टक डिलर कम्पनीले सेयर बजारमा करिब १५ अर्ब रुपैयाँ लगानी गर्नेछ । आफूसँग भएको ५ अर्ब रुपैयाँ र बजारबाट बास्केट फण्डको रुपमा उठाएको १० अर्ब रुपैयाँ लगानी गरेर सेयर बजारलाई स्थायित्व प्रदान गर्ने काममा कोष लागेको कोषका उपकार्यकारी निर्देशक कट्टेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.