६ महिनामा माछापुच्छ्रे बैंकको नाफा ८३ करोड रुपैयाँ

  २०७६ माघ २० गते ९:५२     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले पुस मसान्तसम्ममा ८२ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामामा करिब ४ करोड रुपैयाँ बढी हो । गत वर्षको पुस मसान्तसम्ममा बैंकको नाफा ७८ करोड १३ लाख रुपैयाँ थियो ।

बैंकले पुस मसान्तसम्ममा निक्षेप ९७ अर्ब ५२ करोड रुपैयाँ संकलन गरेको छ । अघिल्लो वर्षको पुस मसान्तमा निक्षेप ८५ अर्ब १९ करोड रहेको थियो । एक वर्षमा बैंकको निक्षेप १४.४७ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै बैंकले पुस मसान्तसम्ममा ८७ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष कर्जा ७५ अर्ब ९ करोड रहेको थियो ।

०.४५ प्रतिशत एनपीएल रहेको बैंकको कर्जा निक्षेप अनुपात ७८.७२ प्रतिशत रहेको छ । पुँजी पर्याप्तता अनुपात १३.४८ प्रतिशत छ । बेसरेट १०.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १०.९९ प्रतिशत थियो । बैंकको ५.२४ प्रतिशत स्प्रेडदर रहेको छ ।

८ अर्ब ४५ करोड चुक्ता पूँजी रहेको माछापुच्छ्रे बैंकको रिजर्बमा २ अर्ब रुपैयाँ रहेको छ । प्रति सेयर आम्दानी १९.३७ रुपैयाँ रहेको छ ।

समग्रमा बैंकका परिसूचक राम्रो छ भने विजनेशको नाफा वृद्धिदर पनि राम्रो छ । राष्ट्र बैंकको निर्देशन स्प्रेडदर ४.५ प्रतिशतमा झार्नु पर्ने दवाव बैंकलाई छ भने नाफाको वृद्धिदर उच्च बनाउन बैंकका लागि थप मिहेनत गर्नु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.