निजी क्षेत्रमाथि नै प्रश्न गरिरहेको काठमाडौं–हेटौडा सुरुङमार्ग ९ वर्षदेखि अलपत्र

  २०७६ माघ १६ गते ११:२०     राजाराम न्यौपाने

काठमाडौं । सार्वजनिक–निजी साझेदारी (पीपीपी) को अवधारणामा निजी क्षेत्रले नेपालको पहिलो सुरुङमार्गको रुपमा काठमाडौं–हेटौंडा सुरुङमार्ग बनाउने घोषणा गर्यो । यसैका लागि २०६८ भदौमा १ सय ५९ जना सेयरधनी रहेको नेपाल पूर्वाधार विकास कम्पनी स्थापना पनि भयो ।

सुरुङमार्ग निर्माणका लागि नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन निवर्तमान अध्यक्ष कुशकुमार जोशीले गरेका थिए । जोशीलाई नै अध्यक्ष बनाएर कम्पनी दर्ता भयो पनि ।

कम्पनीले सन् २०१२ मा सरकारसँग गरेको सम्झौता अनुसार काम भएको भए १ जनवरी ०१७ मै सुरुङमार्ग निर्माण सम्पन्न हुन्थ्यो । सरकारसँगको पहिलो सम्झौता अनुसार निर्माण सम्पन्न हुने मिति सकिएको २ वर्षभन्दा बढी समय भएपनि सुरुङमार्ग बनाउने काम सुरु भएकै छैन ।

कम्पनीले पाँच वर्षमा सुरुङमार्ग सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । तर, यस अवधिमा कम्पनीले लगानीसमेत जुटाउन सकेको छैन । काम सुरु भएकै छैन ।

पूर्वाधार विकास कम्पनीले सुरुङ मार्ग बनाउनका लागि गैरआवासीय नेपाली, स्वदेशी उद्योगपती र स्थानीयहरुबाट ३५ अर्ब रुपैयाँ उठाउने योजना बनाएको थियो । त्यस अनुसार जनताबाट ३१ करोड ७६ लाख रकम उठाइसकेको थियो ।

निर्माण उपकरण तथा सामग्री राख्नको लागि कम्पनीले सम्याएको ठाउँ ।

यो कम्पनीले सुरुङ मार्ग निर्माण गर्न राखेको प्रस्तावलाई ०६९ वैशाखमा मन्त्रिपरिषदले पारित गरेको थियो । अहिलेसम्म कम्पनीले सुरुङ निर्माणका लागि खोस्रने काम समेत गरेन । तर, निर्माण कार्य सक्नु पर्ने म्यादसम्म पनि आर्थिक प्रतिवेदन बुझाइएको छैन । सुरुग मार्गको शिलान्यास भने भइसकेको छ ।

सडक बनाउनको लागि अधिग्रहण गरिने क्षेत्र, जहाँ मानव निर्मित संरचनाहरु थपिदैछन् ।

कम्पनीको अध्यक्ष ४ पटक फेरिए । संस्थापक अध्यक्ष कुशकुमार जोशी, त्यसपछि गैरआवाशीय नेपाली संघका अध्यक्ष भवन भटट्, लाल केसी र फेरि भवन भटट् अध्यक्ष भएका छन् । कम्पनीले सुरुङ मार्गको डीपीआर बनाएर सरकारलाई बुझाइसकेको छ । फुल ब्राइट कन्सल्ट्यान्टले डीपीआर तयार पारेको हो ।

सुरुङ मार्ग बनाउन गएको डोजर, आफै अलपत्र अवस्थामा भेटियो ।

पूर्वाधार विकास कम्पनीले दुई वर्षभित्र लगानीको आधारसहित आर्थिक प्रतिवेदन पेस गर्नुपर्ने थियो । लगानी जुटाएपछि मात्र सरकारले सुरुङ मार्ग निर्माणको स्वीकृति दिने बताएको थियो । तर, निर्माण कार्य सक्नु पर्ने म्यादसम्म पनि कम्पनीले आर्थिक प्रतिवेदन बुझाइएको छैन ।
कम्पनीमा सर्वसाधारण सेयर लगानी छ । आफ्नो कष्ट र दुःख गरेर बगाएको रगत, पसिना र मेहनतको कमाइ काठमाडौं –हेटौंडा सुरुङमार्गको सेयरमा लगानी गरेका सर्वसाधारणको लगानी के हुन्छ भन्ने प्रश्न उब्जिएको छ ।

सुरुङमार्ग क्षेत्रमा पर्ने मकवानपुर, खोकना र काठमाडौंको चाल्नाखेल लगायतका क्षेत्रका करिब ११ सयभन्दा बढी स्थानीयले सेयर लगानी गरेका छन् । कुलेखानीका करिब १ सय १ जना र भेमफेदीका करिब ९७ जना सामान्य कृषकसमेतले कम्पनीमा लगानी गरेका छन् ।

काठमाडौँबाट हेटौडा पुग्न मुग्लिङ हुँदै जाँदा २ सय २६ किलोमिटर यात्रा छिचोल्न सात/आठ घण्टा लाग्छ । त्रिभुवन राजपथको घुमाउरो बाटो हुदै जाने हो भने १ सय ३३ किलोमिटर दुरी पार गर्नुपर्छ ।

प्रस्तावित सुरुङ बाटोबाट भने द्रुत गतिको सवारी साधन चल्ने हुनाले हेटौडाबाट काठमाडौँ आइपुग्न समय पनि एक घण्टा मात्रै भनेर कम्पनीले जानकारी दिएको थियो । काठमाडौं–हेटौडा सुरुङ मार्गको परिचित सो सडकमा जम्मा ३ किलोमिटरको मात्रै सुरुङ हुने भनिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.