प्रतिष्ठित व्यवसायी रुप ज्योतिको गिरफ्तारीप्रति आपत्ति जनाउँदै आन्दोलनको घोषणा

  २०७६ कार्तिक २७ गते ९:२०     विकासन्युज


काठमाडौँ । नेपाल उद्योग बाणिज्य संघ काठमाडौँले प्रतिष्ठित व्यवसायी डा. रुप ज्योतिलाई पक्राय गरिएकोप्रति ध्यानाकर्षण जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

संघले विज्ञप्ति प्रकाशित गर्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो । संघद्वारा प्रकाशित विज्ञप्तिमा राज्यको अर्थतन्त्रमा विशेष योगदान पुर्याउँदै आएका प्रतिष्ठित, जिम्मेवार तथा वरिष्ठ उद्योगपति÷व्यवसायी एवम् सामाजिक रुपान्तरणका अभियन्ता रुप ज्योति र उनका छोरी सुरुची ज्योतिलाई आर्थिक लेनदेनको विवादमा पक्राउ गरिएकोको घटनाले सम्पूर्ण निजी क्षेत्रलाई स्तब्ध तुल्याएको उल्लेख छ ।

देशमा अरबौंको लगानी गरी वार्षिक करोडौंको कर राजश्व बुझाउने समूहको सदस्य र परिवार माथि व्यवसायिक कारोबारको सिलसिलामा भएको विवादको सहजैरुपमा समाधान गर्न सकिने प्रशस्त माध्यमहरु हुँदाहुँदै पनि यस्तो गम्भीर अवस्थाको सिर्जना हुन गएकोले निजी क्षेत्रको व्यवसायिक वाताबरणमा नकारात्मक असर पुग्न सक्नेप्रति समेत यस संघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

उक्त घटनाप्रति गम्भीर आपत्ति जनाउँदै संघले विहिबार विहान ११ बजे जुद्ध सालिक चोक, नया सडक काठमाडौँबाट चरणबद्ध विरोधको कार्यक्रमहरुको आयोजना गर्ने समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.