ज्योति समूहका उपाध्यक्ष रुप ज्योतिको पक्राउप्रति नाडाको ध्यानाकर्षण

<p>काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालले संस्थाका पूर्व अध्यक्ष तथा ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योति तथा उनका पुत्री सुरुचीलाई आर्थिक लेनदेनको विषयलाई लिएर केही दिन अघि गरिएको गिरफ्तारीप्रति ध्यानाकर्षण भएको जनाइएको छट । संस्थाका महासचिव सुनिल रिजालले सोमबार विज्ञप्ति प्रकाशित गरी ज्योतिको गिरफ्तारी प्रति ध्यानाकर्षण जनाएको हो । विज्ञप्तिमा उद्योग व्यवसाय गर्ने सन्दर्भमा [&hellip;]</p>


काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालले संस्थाका पूर्व अध्यक्ष तथा ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योति तथा उनका पुत्री सुरुचीलाई आर्थिक लेनदेनको विषयलाई लिएर केही दिन अघि गरिएको गिरफ्तारीप्रति ध्यानाकर्षण भएको जनाइएको छट । संस्थाका महासचिव सुनिल रिजालले सोमबार विज्ञप्ति प्रकाशित गरी ज्योतिको गिरफ्तारी प्रति ध्यानाकर्षण जनाएको हो ।

विज्ञप्तिमा उद्योग व्यवसाय गर्ने सन्दर्भमा गरिने सम्झौता एवम् आर्थिक कारोबारहरुमा उत्पन्न हुने विवादहरुको समाधान देवानी दायित्व उपचार खोजी विवादको समाधान गर्ने बैकल्पिक मार्ग हुँदा हुँदै पनि गम्भीर प्रकृतिको कसुरमा पक्राउ गरी म्याद थप गर्ने, थुनामा राख्ने लगायतका कार्यहरु हुँदा नेपालको समग्र निजी क्षेत्र हतोत्साहित भएको उल्लेख छ ।

‘दुई पक्षबीच लेनदेन कारोबार भएको र पहिले नै विवाद भई अदालतमा धरौटी रकम समेत राखिसकिएको अवस्थामा निजहरुलाई थुनेर अनुसन्धान गर्नु पर्ने अवस्था देखिदैन, छिटो टुंगोमा पुग्न सकिने लेनदेनको विषयबस्तुमा समेत थुनछेक लम्ब्याउने मनसाय देखिंदा अहिले समग्र व्यवसायिक क्षेत्र सशंकित भएको अवस्था छ’–नाडाद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

Share News