उद्योगी रुप ज्योतिको गिरफ्तारी प्रति चेम्बरको आपत्ति

  २०७६ कार्तिक २२ गते १७:५०     विकासन्युज

काठमाडौँ । वरिष्ठ उद्योगपति तथा व्यवसायी रुप ज्योतिको गिरफ्तारी प्रति नेपाल चेम्बर अफ कमर्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘अपराधनै प्रमाणित नभई केवल उजुरीको भरमा, आफ्नो भ्रमण पूरा गरी विदेशबाट स्वदेश फर्कदा सिधै एयरपोर्टबाट रुप ज्योतीलाई उहाँकी छोरी सुरुची सहित पक्रउ गरिएकोले निजी क्षेत्र मर्माहित भएको छ ।’ चेम्बरद्वारा शुक्रबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा देशमा ठूला लगानी गरेको र नियमित रुपमा उल्लेखनीय राजश्व योगदान गरी रहेका उद्यमी÷व्यवसायीलाई अमर्यादित व्यवहार गरिंदा सम्पूर्ण निजी क्षेत्र हतोत्साहित मात्र नभई लगानी मैत्री वातावरणमा समेत प्रतिकुल प्रभाव पर्न जाने उल्लेख छ । कानून परिपालनका क्रममा निजी क्षेत्रका उद्यमी/व्यवसायीलाई सम्मानजनक व्यवहार होस् भन्ने तर्फ चेम्बरले विज्ञप्ति मार्फत ध्यानाकर्षण जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.