कोषमा सूचिकृत हुने अन्तिम दिनमा ९० हजार श्रमिक जाेडिए, करिब ७ करोड कोषमा जम्मा

  २०७६ असोज ३० गते १३:०९     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषले ल्याएको सामाजिक सुरक्षा योजनाप्रति ९० हजार श्रमिक आवद्ध भएका छन् । कोषमा सूचिकृत हुने अन्तिम दिनसम्म  ६ हजार ६ सय रोजगारदाता र ९० हजार श्रमिक आवद्ध भएको सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराईले बताईन ।

उनले भनिन् ‘हालसम्म कोषमा सूचिकृत हुने श्रमिकबाट करिब ७ करोड रुपैयाँ जम्मा भएको छ ।’ कोषमा आवद्ध रोजगारदाता तथा श्रमिकलाई सरकारी सेवा सुविधाबाट बान्चित गर्ने भन्ने पुरानै निर्णयका साथ थप कारबाही के गर्ने भन्ने विषयमा कोष हालसम्म निर्णय नगरेको कोषकी प्रवक्ता भट्टराईले जानकारी दिईन ।

केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७४/७५ सम्म नेपालमा कुल ९ लाख २२ हजार रोजगारदाताले ३४ लाख ८ हजार श्रमिकहरु आवद्ध रहेका छन् । यस वर्ष रोजगारदाता दर्ताको दर उच्च रहेकोले रोजगारदाता र त्यसमा आवद्ध कर्मचारीहरुको संख्या अझ बढ्न सक्नेछ ।

पछिल्लो समय सरकारले नीजि क्षेत्रका सबै संस्था तथा कर्मचारीहरु अनिवार्य भनिएता पनि अति नै न्यून संख्यामा रोजगारदाता तथा श्रमिक आएका छन् । लाख कर्मचारी पुराउने कोष लक्ष्य कोषको रहेपनि संस्था तथा सर्वसाधारणको यस क्षेत्रमा खासै चाँसो नदेखाएको कोषले जनाएको छ ।

सामाजिक सुरक्षा कार्यक्रमले वृद्धावस्था वा दुर्घटना वा अशक्तताको अवस्थामा हुने समस्याको समाधानका लागि व्यवस्था गरेको भए पनि तात्कालिन आवश्यकतालाई सम्बोधन गर्न असफल भएकाले यो कार्यक्रमप्रति श्रमिककाे रूचि कम भएकाे छ । खासगरी हाल कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष जस्ता कोषहरुले दिँदै आएको सापटी सुविधा यो कोषबाट नपाउनु, जागिरबाट अवकाश हुँदा उपदान नपाउने, योगदान गर्न छाडेको ३ महिनापछि कुनै पनि जोखिम नब्यहोर्ने, घातक रोगहरुको हकमा व्यवस्था कुनै व्यवस्था रहेको छैन्, त्यसकारण श्रमिक तथा रोजगारदाताको चाप रहेको छैन ।

उक्त योजनामा सहभागी भएकाहरुले १५ वर्ष योगदान गरेपछि ६० वर्ष उमेर पूरा भएपछि पेन्सन पाइन्छ । त्यसबाहेक बिरामी भए १ लाख रुपैयाँसम्म उपचार खर्च पाइन्छ तर १ लाख रुपैंया उपचार खर्चले कुनै अर्थ नराख्ने श्रमिकहरुको गुनासो रहेकाे छ ।

काेषमा सूचिकृत हुन बित्त संस्थाहरुले खासै चासो नदेखाएको र प्याब्सनले घोषणा गरे अनुसार शिक्षक तथा कर्मचारी आवद्ध नभएको कोषले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू :

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने अन्तिम मिति असोज मसान्त

प्याब्सनमा आबद्ध १ लाख २५ हजार शिक्षक तथा कर्मचारी सामाजिक सुरक्षा काेषमा जाँदै

सामाजिक सुरक्षा कोषलाई श्रमिकले नै पत्याएनन्, ५ हजारमात्रै सूचीकृत, श्रमिक नेताहरु पनि निराश

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.