नेपालमा उत्तर कोरियाको लगानी माथि प्रतिबन्ध, उद्योग विभागले काट्यो पत्र

  २०७६ भदौ ३० गते १६:००     राजाराम न्यौपाने

काठमाडौं । सरकारले अमेरिकाको दबाबमा उत्तर कोरियाको लगानी माथि प्रतिवन्ध लगाएको छ । नेपाल सरकारले उत्तर कोरियाको लगानीलाई प्रतिबन्ध गर्दै सञ्चालनमा रहेको उद्योग व्यापारलाई फिर्ता लान पत्र काटेको हो ।

नेपाल सरकारले उत्तर कोरियाको लगानीमा सञ्चालन भइरहेको व्यापार र व्यावसायलाई एक महिना भित्र बन्द गरेर लगानी फिर्ता लैजान पत्र काटेको छ ।

उद्योग विभागका निर्देशक प्रेम लुइटेलले उत्तर कोरियाको लगानी फिर्ता लैजान र अब लगानी नगर्न पत्र काटेको बताए । अमेरिकाले यूएनको सदस्य भएका राष्ट्रहरुलाई उत्तर कोरियाको लगानी नलिन र भएको लगानी पनि फिर्ता गराउन पत्र कटेको थियो । त्यसै अनुरुप विभागले उत्तर कोरियालाई लगानी प्रतिवन्ध र भएको लगानी फिर्ता लान पत्र काटेको निर्देशक लुईँटेलले बताए ।

युएनले नेपालको परराष्ट्रलाई पत्र काटेको थियो । परराष्ट्रले उद्योग मन्त्रालयलाई र उद्योग मन्त्रालय मार्फत उद्योग विभागमा पत्र आएको बताए । हामीले उत्तर कोरियाको लगानी रहेको उद्योग लगायत सबै ठाउँमा लगानी फिर्ता गर्न पत्र काटेका छौ । उनले भने–अब उत्तर कोरियाको कुनै लगानी स्वीकृत नहुने र पुराना लगानी पनि फिर्ता लैजाने बताए ।

उत्तर कोरियाली लागि व्यवसायी प्रयोजनका लागि भिसा थप हुने छाडिसकेको छ । भ्रमण भिसामा भने उत्तर कोरियाली नागरिक नेपाल आउन पाउने छन् ।

उत्तर कोरियाले आणविक हातहतियार र क्षेप्यास्त्र प्रक्षेपण गर्न थालेपछि संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले सदस्य राष्ट्रहरुलाई उत्तर कोरियासँग आर्थिक कारोबार नगर्न र काममा लगाउन समेत आग्रह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.