भृकुटीमण्डपमा शुरु भयो नाडा अटो शो, ‘गाडी बनाउने उद्योगलाई २५ प्रतिशत अनुदान दिने’

  २०७६ भदौ १० गते १२:०५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा विदेशबाट गाडी ल्याएर बिक्री गर्नुभन्दा पनि स्वदेशै गाडी एसेम्बलिङ गरेर बिक्री गर्न सुझाव दिएका छन् ।

मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोको उद्घाटन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । अर्थमन्त्री खतिवडाले नेपालमा विद्युतीय गाडी (एसेम्बलिङ) बनाउने उद्योगहरुलाई सरकारले २५ प्रतिशत अनुदान दिने बताए । सरकारले निजी गाडी भन्दा पनि सार्वजनिक सवारी साधनलाई प्रोमोट गर्ने बताए ।

९० प्रतिशत परम्परागत इन्धन(डिजल/पेट्रोल) बाट सञ्चालन हुने गाडीलाई हाइब्रिड भन्न नमिल्ने उनले बताए । ब्याट्रीबाट मात्रै स्टार्ट हुने सवारीलाई समेत अटो क्षेत्रले हाइब्रिड भनिरहेको बताए । १० वर्षमा ४ गुणाले गाडी आयात बृद्धि भइरहेको प्रशंग उल्लेख गर्दै उनले भने–‘नेपालीको आम्दानीले धान्न सक्ने गाडी मात्रै भित्र्याउदा राम्रो हुन्छ ।’

उनले जबसम्म अटो व्यापारीहरुले फाइदा मात्रै खोजिरहन्छन, तबसम्म सरकारले पनि घाटाको नीति नल्याउने बताए । २० प्रतिशत मूल्य अभिबृद्धि नहुने अटो क्षेत्रमा बहस नै नगर्ने उनको अभिव्यक्ति थियो । गाडी आयातकर्ताले प्रविधिको प्रयोग गरेर जुनसुकै नाकाबाट गाडी भित्र्याएपनि राजस्व पायक पर्ने ठाउँमा तिर्ने व्यवस्था मिलाउनेतर्फ सरकार लागि परेको उल्लेख गरे ।

१४ औँ नाडा अटो शो उद्घाटन समारोहमा आयोजक नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष शम्भु दाहालले प्रर्दशनी स्थल सानो भएका कारणले ठूला सवारीसाधन शोमा राख्न नसकिएको बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अटो मोवाइल क्षेत्र प्रगतिको सूचक भएको र अटो क्षेत्र बिना विकास नहुने बताए । उनले भने–‘नेपालमा सबैभन्दा धेरै रोजगारी दिएको अटो क्षेत्र विकासको सूचक हो । ’

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले अब कारलाई विलासितको बस्तुका रुपमा हेर्ने दिन सकिएको बताए । जबसम्म निजी क्षेत्र फष्टाउँछ, तब मात्र देश विकास हुने उनको भनाई थियो ।

अटो शो भदौ १५ गतेसम्म सञ्चालन हुनेछ ।

यी समाचार पनि पढ्नुहोस् :

सवारी कर्जाकाे ब्याज साढे ९ प्रतिशत, ८० प्रतिशतसम्म फाइनान्स सुविधा

नाडा अटो शोः २१ प्रकारका नयाँ सवारी साधन सार्वजनिक हुने, मूल्य कति ?(सूची सहित)

सवारी साधनको कुम्भ मेला भदौ १० देखि, ९५ वटा ब्राण्ड एकै स्थलमा

हाइब्रिड कारमा कर छुट दिने व्यवस्था विवादमा, व्यवसायीबीच विवाद हुँदा सरकार रमिते

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.