सवारी कर्जाकाे ब्याज साढे ९ प्रतिशत, ८० प्रतिशतसम्म फाइनान्स सुविधा

  २०७६ भदौ १० गते ८:३६     विकासन्युज

काठमाडाैं । निजी सवारी किन्न चाहानेहरूकाे लागि खुशीकाे खबर छ । नाडा अटाे शाे र दशैंतिहारकाे अवसरमा बैंकहरूले सवारी कर्जा (अटाे लाेन) काे ब्याज घटाएका छन् । साथै, सवारी किन्दा मूल्यकाे ८० प्रतिशतसम्म कर्जा दिने र माग गरेकाे एक दिनमा नै उपलब्ध गराउने बैंकहरूले जनाएका छन् ।

एनएमबी बैंकले ९.९ प्रतिशत ब्याजमा गाडी मूल्यकाे ८० प्रतिशतसम्म कर्जा सुविधा दिने जनाएकाे छ । यस्ताे सुविधा विद्युतीय गाडीमा मात्र दिइने बैंकले जनाएकाे छ । कर्जा माग भएकाे एक दिनमा नै कर्जा स्वीकृत गरिने र कर्जा भुक्तानी गर्ने अवधि ताेकिएकाे भन्दा अगाडि नै भुक्तानी गर्न चाहेमा कुनै शुल्क नलाग्ने बैंकले जनाएकाे छ । यस्ताे कर्जा लिने ग्राहकलाई बैंकले एनएमबी भिजा प्लाटिनम क्रेडिट कार्ड निःशुल्क दिने भएकाे छ ।

सिभिल बैंकले बेसरेटमा नै अटाे कर्जा दिने भएकाे छ । उसले पनि ग्राहकलाई ५० देखि ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिएकाे छ । त्यति मात्र हाेइन, यस बैंकले अटाेलाेन लिने ग्राहकले चाहेमा २ लाख रूपैयाँसम्मकाे ओभरड्राफ्ट सुविधा दिने भएकाे छ । बैंकले  उपभाेक्तालाई अतिरिक्त सुविधा त दिएकाे छ, तर राष्ट बैंककाे नियमकीय दृष्टिमा यस्ताे कर्जा गलत हुन सक्छ ।

एभरेष्ट बैंकले ९ दशमलव ६६ प्रतिशतमा अटाेलाेन दिने भएकाे छ । यस बैंकले जुनसुकै सवारी  किने पनि ७ वर्ष अवधिकाे कर्जा दिने र ब्याज ६.६६ प्रतिशत मात्र लिने जनाएकाे छ ।

वाणिज्य बैंकलाई पछ्याउदै विकास बैंकहरूले पनि सवारी कर्जालाई प्राथिमकता दिएका छन् । गण्डकी विकास बैंकले ११.४८ प्रतिशतमा र  साग्रिला डेभलपमेन्ट बैंकले ११.६६ प्रतिशतमा सवारी कर्जा दिने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.