सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने अन्तिम मिति असोजमसान्त

  २०७६ साउन २९ गते १७:०७     विकासन्युज

काठमाडौं । आगामी असोजमसान्तभित्र रोजगारदाता तथा योगदानकर्ताले सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनु पर्ने आदेश जारी गरेको छ ।पछिल्लो समय कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषमा उच्चस्तरीय पदाधिकारी समेत समावेश रहेको उक्त बैंठकको निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार वि.सं. २०७६ साउन महिनाको पारिश्रमिक भुक्तानी गर्दा संचय कोष र उपदान लगायत प्रमुख पारिश्रमिकको ३१ प्रतिशत हुन आउने रकम सामाजिक सुरक्षा कोषमा जम्मा गराउने सामाजिक सुरक्षा कोषले जनाएको छ ।

सामाजिक सुरक्षा योजना सञ्चालनमा देखिएका नीतिगत, कानुनी एवं प्रक्रियागत समस्या समाधान गर्ने तथा सामाजिक सुरक्षा योजना थप आकर्षक बनाउने उद्देश्यले नीजि क्षेत्र, रोजगारदाता र श्रमिकबाट प्राप्त सुझावको आधारमा सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ परिर्माजन समेत गरी योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४को परिच्छेद ३ बमोजिम सूचीकृत हुन बाँकीले आगामी असोज मसान्तसम्म भईसक्नु पर्ने आदेश जारी गरेको छ ।

यसै सन्दर्भमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबीच अन्तर सम्बन्ध र समन्वय कायम गरी सामाजिक सुरक्षा कोषमा सूचीकृत भई नियम अनुसार रकम जम्मा गर्नु पर्ने व्यवस्था रहेकाे छ ।

सूचीकृत योगदानकर्ताले आफ्नो योगदान वापतको रकम कोषमा जम्मा गर्नुपर्दा एनसीएचएलसँग कनेक्ट आईपिएस भएको सामाजिका सुरक्षा कोषले जानकारी दिएको छ । नेपाल वैंक लिमिटेडमा रहेको खाता नम्बर २००२११६६०६७००१२०००० मा जम्मा गर्ने व्यवस्था रहेको छ ।

सम्बन्धित समाचार :

सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने समय ३ महिना थप, निजी क्षेत्रका सबै कम्पनीलाई अनिवार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.