संस्थागत सुशासनका लागि प्रतिबद्ध छुः आइक्यान अध्यक्ष आचार्य

  २०७६ साउन ७ गते २०:२५     विकासन्युज

काठमाडौँ । नेपाल चाटर्ड एकाउन्टन्ट्स संस्था(आइक्यान)का नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद आचार्यले संस्थाको संस्थागत सुशासनका लागि आफु प्रतिबद्ध भएको बताएका छन् ।

संस्थाले मंगलबार काठमाडौंको लाजिम्पाटमा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले संस्था, संस्थाका सदस्य र विध्यार्थीहरुको हक हितका लागि आफु सदैव प्रतिबद्ध हुने बताएका हुन् ।

उनले आइक्यानमा विभिन्न चुनौतीहरु रहेको बताउँदै ती समस्या र चुनौतीहरुको अध्ययन गरी समस्या समाधानतर्फ ध्यान दिने बताए ।

अध्यक्ष आचार्यले लेखा प्रणालीमा केही समस्या भएको बताउँदै त्यसलाई सुधार्न आफु लागि पर्ने बताए ।

उनलाई निवर्तमान अध्यक्ष जगताथ उपाध्याय निरौलाले सपथ गराएका थिए भने नव नियुक्त उपाध्यक्ष मदनकृष्ण उपाध्यायलाई अध्यक्ष आचार्यले सपथ गराएका हुन् ।

सपथ ग्रहण कार्यक्रम अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.