काठमाडौं। अल्फा बिटा अष्ट्रेलियन एजुकेशन फेयर साउन ८ गते हुने भएको छ । अष्ट्रेलियाका २० वटा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी यस बर्षको मेला अल्फा बिटा इन्ष्टिच्युटको कार्यालय बुद्धनगरमा फेयर हुन लागेको हो।
फेयर बिहान ८ बजेदेखि सुरु हुनेछ। एकै छानामुनी अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरुसँग भेटघाट र परामर्श गर्न सकिने भएकाले यस मेलाको विशेष महत्व रहेको अल्फा बिटा इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष द्धिराज शर्माको भनाई छ । मेलामा प्रमुख अथितिको रुपमा नेपालका लागि अष्ट्रेलियाका राजदूत रहेका छन्।
मेलामा सहभागी विद्यार्थीहरुलाई अल्फाविटाले थुप्रै सुविधा र उपहार दिने योजनासमेत बनाएको छ । मेलाको प्लाटिनम स्पोन्सरको रुपमा रहेको सिल्क एयरले मेलामा आएकामध्ये एक जना विद्यार्थीलाई मेल्बोर्नसम्मको हवाई टिकट निःशुल्क र दुई जनालाई विशेष छुटमा टिकट उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । त्यस्तै, डायमण्ड स्पोन्सरको रुपमा रहेको एनएमबि बैंकले मेलामा आफ्नो स्टल नै राखेर अष्ट्रेलिया जाने तयारीमा रहेका विद्यार्थीलाई सहज र छिटो प्रक्रियाबाट शैक्षिक कर्जा के कसरी दिने रु भन्ने बारेमा एनएमबि बैंकका प्रतिनिधिहरुले जानकारी दिने शर्माको भनाई छ । उनले भने, ‘बैंकको प्रक्रियाका बारेमा जानकारी नहुँदा धेरै विद्यार्थी र अभिभावकले दुःख पाउने गरेको देखिन्छ । त्यो नहोस भन्नका लागि एनएमबिले स्टल नै राखेर विद्यार्थीहरुलाई सहज प्रक्रियाका लागि जानकारी दिने, निवेदन लिने जस्ता कुराहरु गर्नेछ ।’ अध्ययनका लागि अष्ट्रेलिया जाने इच्छा भएका विद्यार्थीहरुको लागि पहिलो शर्त भनेको आईईएलटीएस, पीटीई जस्ता भाषा परीक्षा हो । शर्मा भन्छन्, ‘अष्ट्रेलिया जाने मात्रै भनेर भएन्, आईईएलटीएस, पीटीई कसरी पास गर्ने रु के के गर्नुपर्छ त्यसका लागि रु यस्ता कुराहरु बुझ्नु जरुरी छ ।
त्यो सबै कुरा बुझ्ने उपयुक्त फोरम पनि हो अल्फा बिटा अष्ट्रेलियन एजुकेशन फेयर ।’ अल्फाबिटा फेयरमा आईईएलटीएस, पीटीई दुवैका स्टल बस्दैछन् । दुवैबाट प्रतिनिधिहरु आएर विद्यार्थीलाई परामर्श दिनेछन् । पियर्शनको इण्डियाबाट प्रतिनिधि आउने कार्यक्रम छ भने आइडीपी तथा पियर्सन दुईले गिफ्ट भौचरहरु दिईनेछ। भौचर प्राप्त गर्नेले १९ हजार रुपियाँ नतिरीकन आईईएलटीएस तथा पीटीई परीक्षा दिन पाउनेछन् ।
मेलामा बैंकदेखि युनिभर्सिटीसँगको कुराबाहेक हवाई भाडादर बुझन सकिन्छ । मेलामा आउने विद्यार्थीलाई आकर्षणको रुपमा गिफ्ट भौचरहरु पनि प्राप्ति हुनेछ । त्यसबाहेक अष्ट्रेलिया विद्यार्थी गईसकेपछि काम के गर्ने रु भन्ने अन्योलता हटाउन अधिकांश नेपाली विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको कफि मेकिङ सम्वन्धी क्लासका लागि हिमालयन जाभालाई पनि मेलामा सहभागी गराइने छ । कफि मेकिङ सजिलो पनि काम भएकाले यसमा नेपाली विद्यार्थीको आकर्षण बढि देखिएको भन्दै शर्माले तीन हजार रुपियाँ लाग्ने १५ दिनको उक्त कोर्षका लागि हिमालयन जाभाले एक जना भाग्यशाली विजेता निःशुल्क तालिम पनि दिने जानकारी दिए