१७ वाणिज्य बैंकले राष्ट्र बैंकलाई बुझाए मर्जरमा जाने प्रतिवद्धता पत्र(नामावली सहित)

  २०७६ असार २३ गते १९:३२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १२ गते बिहीबार वाणिज्य बैंकहरूलाई मर्जरमा जान निर्देशनात्मक सल्लाह दिएयता १७ वटा बैंकले मर्जरका लागि प्रतिवद्धता जनाएका छन् ।

सोमबार बेलुकासम्म २८ वाणिज्य बैंकमध्ये १७ वटाले मर्जरमा जाने प्रतिवद्धता सहित राष्ट्र बैंकलाई पत्र बुझाएका हुन् ।

राष्ट्र बैंकले मर्जर जान प्रोत्साहन गरे बैंकहरू मर्जरमा जान तयार रहेको पत्र आएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘ प्रोत्साहन भए आफूहरू मर्जर जान तयार भएको प्रतिवद्धता सहित पत्र राष्ट्र बैंकमा पेश भएको छ,’ उनले भने ।

सरकारी तीन सहित अन्य ११ बैंकले भने राष्ट्र बैंक समक्ष मर्जरका विषयलाई लिएर पत्र बुझाएका छैनन् । मर्चरमा अनिच्छुक बैंकहरूमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक,  एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, प्राइम कमर्शियल बैंक, प्रभु बैंक, बैंक अफ काठमाण्डू र सिद्धर्थ बैंक देखिएका छन् । उनीहरू मध्ये केहीले माैद्रिक नीति सार्वजनिक हुनुपूर्व मर्जरमा जान तयार भएकाे प्रतिवद्धता पत्र पेस गर्न सक्ने अनुमान गरिएकाे छ ।

यी हुन् राष्ट्र बैंकमा पत्र बुझाउने १७ वाणिज्य बैंक:
१.एनएमबी
२.सनराइज
३.सिटिजन
४.लक्ष्मी
५.एनसीसी
६.सानिमा
७.सिभिल
८.माछापुच्छ्रे
९.सेन्चुरी
१०.नेपाल एसबीआई
११.ग्लोबल
१२.जनता
१३. नेपाल इन्भेष्टमेन्ट
१४.एनआईसी एशिया
१५.हिमालयन
१६. मेगा
१७. कुमारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.