बुधबार तीन बजेपछि पनि माक्रेट ओपन नै, नेप्से भन्छ- ब्रोकर प्रणालीमा समस्या

<p>काठमाडौं ।  नियमित तीन बजे बन्द हुने सेयर बजार बुधबार भने तीन बजेपछि पनि माक्रेट ओपन नै देखिएको छ । सो दिन ब्रोकरहरुले कारोबार गर्न लगइन गर्ने ब्रोकर प्रणाली(टीएमएस)मा समस्या देखिएकाले उक्त समस्या देखिएको हो । बुधबार पौने २ बजेदेखि ब्रोकर प्रणालीमा समस्या देखिएको हो । टीएमएस होस्टिंग भएको डाटा सेन्टरको राउटर/फाइरवालमा समस्या आएको जसले [&hellip;]</p>

काठमाडौं ।  नियमित तीन बजे बन्द हुने सेयर बजार बुधबार भने तीन बजेपछि पनि माक्रेट ओपन नै देखिएको छ । सो दिन ब्रोकरहरुले कारोबार गर्न लगइन गर्ने ब्रोकर प्रणाली(टीएमएस)मा समस्या देखिएकाले उक्त समस्या देखिएको हो ।

बुधबार पौने २ बजेदेखि ब्रोकर प्रणालीमा समस्या देखिएको हो । टीएमएस होस्टिंग भएको डाटा सेन्टरको राउटर/फाइरवालमा समस्या आएको जसले गर्दा ब्रोकरहरुले प्रणालीमा लगइन गर्न नसकेकोले नेप्सेमा कारोबार नभएको नेप्सेले जनाएको छ ।

उक्त समस्या देखिएको करिब एक घण्टापछि केही छिन अपडेट भएकाे बजार पुनः २ बजेर ५३ मिनेटपछिकाे काराेबारमा समस्या देखिएकाे छ । उक्त समस्याले गर्दा नियमित तीन बजे बन्द हुने बजार बुधबार तीन बजेपछि पनि माक्रेट ओपन नै देखिएको छ ।

Share News