विश्व भ्रमण यात्री थोरले गरे दरबार क्षेत्रको अवलोकन

  २०७५ माघ १६ गते ११:३९     विकासन्युज

काठमाडाैं । डेनमार्कका सी पेडरर्सन थोर विश्वयात्राका क्रममा नेपाल आएका छन् । नेपाल १ सय ७९ औ भ्रमण मुलुक हो । भ्रमणका क्रममा डेनिस रेडक्रसको सद्भावना द्रुतको रुपमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा कुराकानी गर्दै विश्वमा मानिस र मानवताको खास अर्थ फैलाउने उद्देश्य बताए ।

नेपाल भ्रमणको क्रममा विश्व सम्पदा सूचीमा रहेका दरबार क्षेत्रहरुको अवलोकन गर्नुका साथै नेपाल रेडक्रसले सञ्चालन गरेको हटलाईन –११३० कल सेन्टर तथा विपद् व्यवस्थापन आपत्कालीन केन्द्रको पनि निरिक्षण गरेका छन् । साथै, नेपालमा डेनिस रेडक्रसले सञ्चालन गरेका कार्यक्रमको अवलोकन गरेका नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।


राष्ट्रिय रक्त सञ्चार सेवा केन्द्र बालकुमारीमा गई रक्तदान गरेका थिए । “मानिसहरुको नशामा उस्तै प्रकारको रगत बगिरहेको छ र खुशी तथा सन्तुष्टि पाउने एउटा राम्रो तरीका रक्तदान हो ।” थोरले भने । विश्वको जुनसुकै कुनामा सुरक्षा, शिक्षा, आवास, भोजन लगायतको समस्या छ र आम रुपले मानिसहरुमा समानता देखिने बताए ।

थोरले २ लाख ४३ हजार किलोमिटर पार गरिसकेको सन् २०१३ बाट सुरुभएको यो अनवरत यात्राको क्रममा संसारका २०० वढी मुलुकको भ्रमण नसकी घर नफर्किने उनको योजना रहेको छ । सन् २०२० सम्ममा थाेरकाे विश्व भ्रमण सकिने अनुमान रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.