काठमाडौं । वित्त (फाइनान्स) कम्पनीहरुको संगठन नेपाल वित्त कम्पनी संघले निक्षेपमा अधिकतम १२ प्रतिशत भन्दा बढी व्याज दिने पुरानो निर्णयलाई यथावत राख्ने निर्णय गरेको छ । बुधबार बसेको संघको बैठकले मुद्दति खातामा बढीमा १२ प्रतिशत व्याज दिने पुरानो निर्णयलाई यथावत राख्ने निर्णय भएको संघको अध्यक्ष सरोजकाजी तुलाधरले जनकारी दिए ।
बुधबारदेखि बाणिज्य बैंकहरुले साढे १२ प्रतिशत व्याज दिने गरि सार्वजनिक सूचना नै प्रकाशित गरेपछि वित्त कम्पनी संघको बैठक बसेको थियो । मंगलबार वाणिज्य बैंकहरुको संगठन नेपाल बैंकर्स संघले मुद्दतिमा १० र बचतमा ८ प्रतिशतभन्दा बढी व्याजदर अफर नगर्ने पुरानो निर्णय भंग गरेको थियो ।
विगतमा वाणिज्य बैंकको भन्दा विकास बैंकले निक्षेपकर्तालाई व्याज दिने गरेको थिए भने विकास बैंकले भन्दा बढी व्याज वित्त कम्पनीहरुले दिने गरेका थिए । तर पछिल्लो समय विकास बैंक र वित्त कम्पनीको भन्दा बढी व्याज दिएर वाणिज्य बैंकहरुले निक्षेपकर्तालाई आकर्षित गर्ने प्रयास गरिरहेको छन् ।
वित्त कम्पनीहरुको यो निर्णय वाणिज्य बैंकहरुको लागि चुनौतिपूर्ण हो तर वित्त कम्पनीहरु यस निर्णयमा लामो समय अडिन सक्छन् वा सक्दैन ? निश्चित छैन ।