समुन्द्री सिल्क रोड एक्स्पोमा पाटा नेपाल सहभागी, नेपालको विभिन्न क्षेत्रमा लागानी गर्न चीनलार्इ आग्रह

  २०७५ कार्तिक १४ गते १७:१५     विकासन्युज

काठमाडौं । चीनको ग्वाङ्गजाओमा अक्टोवर २४ देखि २६ सम्म आयोजित २१औँ सताब्दी समुन्द्री सिल्क रोड एक्स्पो २०१८ मा नेपालले सहभागिता जनाएको छ । विश्वभरीका ४६ मुलुकहरुबाट ८०० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको उक्त एक्स्पोमा नेपाल डेलिगेशनको अगुवाई पूर्व उपप्रधान मन्त्री नारायण काजी श्रेष्ठले गरेका थिए ।

सो एक्स्पोमा नेपाली टोली अन्तर्गत पाटा नेपालका पदाधिकारीहरु अध्यक्ष शुनिल शाक्य, निवर्तमान अध्यक्ष सुमन पाण्डे, वैकल्पिक सदस्य लीलाधर भण्डारी सहित कर्णाली प्रदेशका सरकारी पदाधिकारीहरु सहित १९ जनाले सहभागिता जनाएका छन् ।

कार्यक्रममा पाटा नेपाल च्याप्टरका अध्यक्ष शुनिल शाक्यले नेपालको हारित वाणिज्य, पर्यटन, साँस्कृतिक तथा प्राविधिक उद्योगहरुको अन्तर्राष्ट्रिय संयोजन सम्बन्धित महत्वपुर्ण विषयहरुमा छलफल गरेका थिए । उनले नेपालमा विशेष गरी पर्यटन क्षेत्र तथा विविध अन्य क्षेत्रहरुमा लगानीको अवसर बारे प्रकाश पारेका थिए ।

बर्तमान परिपेक्षमा नेपाली पर्यटनको विकासका लागि पूर्वाधारमा लगानी अपरिहार्य रहेको बताइएको छ । साथै, कार्यक्रममा सरकारी, सरकारी–निजि वा निजि तहका विविध क्षेत्रमा चिनियाँ लगानीकर्ताहरुका लागि प्रयाप्त अवसरहरु रहेको बताएका छन् ।

त्यस्तै, नेपालले पर्यटन सम्बन्धित एअरपोर्ट, एअरफिल्ड, कार्गो टर्भिनल, एअर कोरिडोर, हाइवे, डिलक्स होटेल, रिसोर्ट, क्यासिनो, सपिङ्ग मल, थिम पार्क, लक्जरी तथा विद्युतीय लगायत थुप्रै क्षेत्रमा लगानी गर्न चीनलाई आग्रह गरेको छ ।

साथै, चिनियाँ सरकारद्धारा प्रस्तावित “द बेल्ट एण्ड रोड” को पहलमा साझेदारी, सहकार्य र सहभागिताले नेपालमा हवाई सेवा सवलीकरण तथा माईस टुरिजम वृद्धि र विकासमा समेत ठुलो सहयोग पुग्ने पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.