पाटा नेपालका संस्थापक अध्यक्ष राणाले पाए ‘लाईफ टाईम अचिभमेन्ट’ अवार्ड

  २०७५ असोज २३ गते १८:०८     विकासन्युज

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोशियसन (पाटा) नेपाल च्याप्टर अवार्ड फर ‘लाईफ टाइम अचिभमेन्ट’को अवार्ड पर्यटन व्यवसायी तथा पाटा नेपालका संस्थापक अध्यक्ष प्रभाकर समशेर राणाले पाएका छन् । पाटा नेपालले उनलाई नेपालमा गुणस्तरीय पर्यटन पवद्र्धन तथा पर्यटन सेवाको विविध क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर तथा सम्मान गर्दै उक्त अवार्ड पदान गरेको हो ।

मंगलबार ४२औँ वार्षिक साधारणसभाको अवसरमा पाटाले उक्त अर्वाड प्रदान गरेको हो । यसका साथै, पाटा नेपालले अन्य २ वटा अवार्डहरु प्रदान गरेको छ ।

नेपाल वायुसेवा निगममा महाप्रवन्धक सुगतरत्न कंसाकारलाई ‘पाटा पर्सनालिटी अफ द ईयर २०१८’ अवार्ड प्रदान गरिएको छ । वर्तमान परिप्रेक्षमा नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धनमा उल्लेख्य योगदान पुर्याएकोमा उनको भूमिकाको कदर गर्दै उक्त अवार्ड प्रदान गरेको हो ।


त्यस्तै, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) लाई ‘वेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर’ अवार्ड प्रदान गरेको छ । पाटाले आफ्ना सदस्य शैक्षिक संस्थाहरुमध्ये पाटा नेपाल स्टुडेन्ट च्याप्टरको उद्देश्य र भावना अनुरुप उत्कृष्ठ कृयाकलापहरु गरेकोमा प्रशंसा गर्दै उक्त अवार्ड प्रदान गरेको छ ।

उक्त सभाले आगामी आर्थिक वर्षमा अन्तराष्ट्रिय मार्ट तथा सेल्स मिसन, तेस्रो हिमालयन ट्राभल मार्ट २०१९, मानव संशाधन विकास सम्बन्धी तालिमहरु, पर्यटन सम्बन्धी अनुसन्धान-स्रोत पहिचान, प्रडक्ट डेभलपमेन्ट, मिडिया तथा ब्लगर्सहरुको परिचयात्मक भ्रमण तथा डेस्टिनेसन इमेज वील्डिङ्ग अभियानलगायतका कार्यक्रमहरु गर्ने निर्णय गरेको पाटाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेशसिंह बुडालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.