भारतका ‘भगौडा’ बेलायतको यो गाँउमा ‘मसीहा’ ! सोमबार हुँदैछ माल्याविरुद्ध सुनुवाई

  २०७४ मंसिर १८ गते १४:०२     टाइम्स न्यूज नेटवर्क

टेविन (बेलायत)। भारतले यो वर्ष मदिरा व्यापारी विजय माल्यालाई भगौडा घोषित गरेको थियो । अधिकांश भारतीय नागरिक माल्यालाई कारबाही भएको हेर्न चाहन्छन् । तर बेलायतको टेविन गाँउमा बस्ने अर्बपति परिवार यस्तो चाहदैनन्। लण्डनबाट ४८ किलोमिटरपर यो गाँउमा माल्याको घर छ, जहाँ मानिसका लागि उनी एक मसीहा हुन् ।

माल्यामाथी भारतको १७ वटा बैंकको ९ हजार करोड भारतिय रुपैयाँ बराबरको कर्जा नतिरेको आरोप छ । त्यो ऋण उनले आफ्नो बन्द भइसकेको किङफिशर एयरलाइन्सका लागि लिएको थियो । त्यति मात्र होइन उनीमाथी फर्जी तरिकाले पैसा लिएको र मनी लन्ड्रिङको पनि आरोप छ ।

माल्याले भर्खरै मात्र दुई हजार निवास रहेको यो गाँउलाई क्रिसमस ट्री उपहार दिएका छन् । जसकारण माल्यामाथी उनिहरुको विशेष सम्मान छ । क्राउन पबका बारम्यान रोजले भने, ‘माल्या यो गाँउको लागि अमूल्य सम्पती जस्तै छन् । हामी यस्तो मानिस पाएर खुशी छौं ।’

बारम्यानले भने,’यहाँका मानिसहरुरलाई माल्या समस्यामा परेको कुरा थाहा छ । तर प्राय धनी मानिस कुनै न कुनै समस्यामा परेकै हुन्छन् । किन नुहनु? माल्यालाई कारबाही नहोस् हामी यही आशा गर्छौं । भगवानले माल्याको रक्षा गरुन् ।’
माल्याको विरुद्ध सोमबार सुनुवाई हुँदैछ ।

कंट्री बम्पकिनका क्याफेका सेफले भने, ‘माल्या माटोसँग जोडिएका छन् । उहाँ आफ्नो पत्नी र बच्चाहरुसँग यहाँ आउनुहुन्थ्यो । उनले कहिल्यै धनीमानी जस्तो देखावटी गर्दैनथे । मलाई थाहा छ की भारत सरकारले उनको खोजी गरिरहेको छ तर हामीलाई यसको मतलब छैन । आफुपनि बाच र अरुलाई पनि बाच्नदेउ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.