महत्वपूर्ण सूचना लुकाएर सेयर लगानीकर्तालाई डुबाउँदै यूनाइटेड इन्स्योरेन्स

  २०७४ भदौ १९ गते ११:३१     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले महत्वपूर्ण सूचना लुकाएर लगानीकर्तालाई जोखिममा फसाएको छ । नोक्सानमा रहेको यस कम्पनीले नाफा देखाएर सर्वसाधारण लगानीकर्तालाई सडकमा पुर्याउने काम गरेको छ ।

लेखापरीक्षक प्रदीपकुमार श्रेष्ठले जनाएको कैफियतलाई लत्याउँदै नोक्सानमा रहेको कम्पनीले नाफामा गएको भ्रामक वित्तीय विवरण सार्वजनिक गरेको पाईएको छ । अन्ततः बीमा समितिले लेखापरीक्षकले औल्याएको कैफियत अनुसार पुर्नबीमाबाट नआएको रकम बराबर प्रोभिजन गर्न निर्देशन दिएपछि कम्पनी थचक्क भएको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा करिव ५ करोड नाफा देखाएको कम्पनीले बीमा समितिको अनुसार प्रोभिजन गर्दा वासलात नोक्सानमा देखिने भएपछि २०७४ असार मसान्तको वित्तीय विवरण प्रकाशित गरेको छैन ।

बीमा समितिको निर्देशन अनुसारको वित्तीय विवरण र नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसारको सेयर लगानीकर्ता सम्बन्धि महत्वपूर्ण सूचनाहरु कम्पनीले लुकाएको छ । ३५ दिनभित्र सार्वजनिक गर्नु पर्ने महत्वपूर्ण वित्तीय विवरण तथा लगानीकर्तालाई दिनुपर्ने सूचना कम्पनीले ५५ दिन वित्दा पनि प्रकाशित गरेको छैन ।

प्रमुख कार्यकारी अधिकृत शेखर बराल

यस विषयमा जिज्ञाशा राख्दा कम्पनीका अध्यक्ष विजयबहादुर श्रेष्ठले कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालसँग सोध्न सुझाव दिए । प्रमुख कार्यकारी अधिकृत शेखर बरालले फोन उठाएनन् । उनीको मोवाईल नम्बर ९८५१०२९३५३ मा विकासन्युजबाट पटक पटक फोन गर्दा, एसएमएस इन्क्वाइरी गर्दा रेस्पोन्स गरेनन् । चौधरी ग्रुपको पहलमा नियुक्ती पाएको कम्पनीको प्रमुख कार्यकारी अधिकृत शेखर बराल सोझै चौधरी ग्रुपप्रति उत्तरदाही बनेको र अध्यक्ष श्रेष्ठलाई अटेर गर्ने गरेकोले श्रेष्ठ अध्यक्ष पद छोड्ने मुडमा रहेको स्रोतले बतायो ।

सिटीस्केपको ५३ करोड बीमा दावीमा २५ करोड एड्भान्स भुक्तानी गरेको यस कम्पनीले पुर्नबीमाबाट पाउनु पर्ने करिव ३४ करोड रुपैयाँ लिन सकेको छैन । लेखापरीक्षकले उक्त रकम बराबर प्रोभिजन गर्न दिएको सुझावलाई वेवास्ता गर्दै कम्पनी सञ्चालक समितिले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने र त्यसपछि १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरी लगानीकर्तालाई सोझै फसाउने काम गरेको देखिएको छ ।

सञ्चालक समिति र व्यवस्थापन समितिको चलखेलमा कम्पनीको सेयर मूल्यमा चलखेल गरिएको पाईएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कम्पनीको सेयर मूल्य विगत ८ महिनामा ७४८ देखि १६८० रुपैयाँसम्ममा कारोबार भएको छ । यस अवधिमा सेयर बजार बढीमा २० प्रतिशत मात्र उतार चडाव आएको छ भने यूनाईटेड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १२४ प्रतिशतसम्म बृद्धि भएको छ ।

पछिल्लो समय कम्पनीको खराव अवस्थाबारे गाईगुई हल्लाले कम्पनीको सेयर मूल्य घट्न थालेको छ । गत विहीबार यस कम्पनीको सेयर प्रतिकित्ता १४६० रुपैयाँमा किनबेच भएको छ ।

यस कम्पनीको सञ्चालक समिति र व्यवस्थापन समितिले कतिसम्म घटिया काम गरेका छन् भने प्रमोटर सेयरलाई साधारण सेयर भनेर झुक्याएर सर्वसाधारणलाई बेचेका छन् । र, नियमनकारी निकायहरुले दिएको निर्देशनहरु अवज्ञा गर्दै आएका छन् ।

सम्बन्धित समाचारहरू

युनाइटेड इन्योरेन्सका प्रमोटर शशिकान्त अग्रवालले १७ हजार कित्ता संस्थापक सेयरलाई साधारण भनेर झुक्याएर बेचे

पुर्नबीमाकाे ३४ करोड भुक्तानी नपाएपछि यूनाइटेड इन्स्योरेन्स संकटमा, कम्पनी २६ करोड नोक्सानमा, बोनस र हकप्रद सेयर रद्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.