युनाइटेड इन्योरेन्सका प्रमोटर शशिकान्त अग्रवालले १७ हजार कित्ता संस्थापक सेयरलाई साधारण भनेर झुक्याएर बेचे

  २०७३ असोज १८ गते १३:०२     विकासन्युज

united-insuranceकाठमाडौं, १८ असोज । युनाइटेड इन्स्योरेन्स कम्पनीका प्रमोटर शशिकान्त अग्रवालले प्रमोटर सेयरलाई साधारण भनी झुक्याएर विक्री गरेको तथ्य खुलेको छ । उनले आफ्नो नाममा रहेको १७ हजार प्रमोटर सेयरलाई साधारण भनेर झुक्याएर विक्री गरेका हुन् ।

अग्रवालले यस्तो बद्मासी गरेपछि दोस्रो बजारवाट साधारण सेयर खरिद गरेर खरिदकर्तालाई उपलब्ध गराउन नेपाल स्टक एक्सचेन्जले निर्देशन दिएको छ । यसबारेमा बुझ्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालसँग सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन मानेनन् ।

अग्रवालले साधारण सेयर भनेर झुक्याएर प्रमोटर सेयर दिएको उजुरी परेपछि नेप्सेले युनाइटेडका अध्यक्षलाई समस्याको समाधान गर्न गत १८ साउनमा निर्देशन दिएको थियो । कम्पनीका अध्यक्षले त्यसको ६० दिनभित्रमा संस्थापक सेयर साधारण गरिसक्ने र समस्याको समाधान गर्ने भनेपनि अझै कार्यान्वयन भएको नेप्सेले जानकारी दिएको छ ।

nepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.