२०७४ जेठ १६ गते १४:०३ विकासन्युज
काठमाडौं । एनसीसी बैंकको सेयर कारोबार रोकिएको छ । नेपाल स्टक एक्सचेञ्जले मंगलबारदेखि एनसीसी बैंकको सेयर कारोबार रोक्का गरेको हो ।
केहि दिन अघि मात्रै पाटन उच्च अदालतले नै एनसीसी बैंकमा गाभिएको एपेक्स डेभलपमेन्ट बैंकको कारोबार छुट्टै राख्न आदेश दिएको थियो । एपेक्सको कारोबार छुट्टै राख्न उच्च अदालतले आदेश दिएपछि नेप्सेले एनसीसीको सेयर कारोबार रोक्ने निर्णय गरेको हो ।
उच्च अदालतको आदेश अनुसार एनसीसीले नेप्सेलाई पत्र लेखेर एपेक्स डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्न निर्णय गरेको थियो । तर मर्जरपछि एकिकृत कारोबार समेत गरिसकेकाले एपेक्सको मात्रै सेयर कारोबार रोक्न नसकिने भन्दै नेप्सेले एनसीसीकै सेयर कारोबार रोक्ने निर्णय गरेको हो ।
‘अदालतको निर्णय अनुसार एनसीसीले पत्र लेखेर एपेक्सको मात्रै सेयर कारोबार रोक्नु भनेको थियो तर कुन सेयर कुन कम्पनीको हो भनेर छुट्याउन नसकिएकाले एनसीसीकै सेयर कारोबार रोकेका हौं’, नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले विकासन्युजसँग भने । उनले एनसीसी र एपेक्सको सेयर संरचना र सेयर धनीको पहिचान भएपछि एनसीसीको कारोबार खुल्ला गर्ने र एपेक्सको मात्रै रोक्ने पनि बताए ।
Copyright © 2022 Bikash Media Pvt. Ltd.