फेसबुकद्वारा आफ्नै मालिक जुकर्बर्गलाई मृत घोषणा, मार्कसँगै अरु २० लाख प्रयोगकर्तालाई मृत घोषणा

  २०७३ कार्तिक २७ गते २०:२२     विकासन्युज

काठमाडौं: फेसबुकले आफ्नै मालिक मार्क जुकर्बर्गलाई मृत घोषित गरिदिएको छ। यस सामाजिक सञ्जालमा जुकर्बर्गसँगै करिब २० लाख मानिसको मृत्यु भएको म्यासेज पठाइयो ।

शुक्रवार देखिएको यो म्यासेजले फेसबुक प्रयोगकर्ता हैरान भएका छन् । तर, यो म्यासेज गल्तीले गएको भन्दै फेसबुकले केही समयपछि सच्यायो ।

फेसबुकले यसलाई ठूलो गल्ती भन्दै प्राविधिक गड्बडीले केही प्रयोगकर्ताको एकाउन्टमा श्रद्धाञ्जली दिइएको म्यासेज जान पुगेको स्पष्टिकरण फेसबुकले दिएको छ ।

केही प्रयोगकर्ताले आफ्नो फेसकुबक एकाउन्ट खोल्दा त्यहाँ मार्क जुकर्बर्गको मृत्यु भएको म्यासेज आइरहेको थियो । जुकर्बर्गकै फेसबुक पेजमा पनि उनलाई मृत घोषित गरिएको थियो ।

जुकर्बर्गको होमपेजमा जुकर्बर्गलाई सम्झिरहेको म्यासेज आइरहेको थियो । फेसबुकका कयौं प्रयोगकर्ताहरुले आफ्नो होमपेजको म्यासेजलाई स्क्रीनसर्ट हानेर सामाजिक सञ्जालमा सेयर पनि गरे ।

यस मामिलामा सर्च इन्जिन ल्यान्डका सम्पादक ड्यानी सुलिवानले ट्विट गर्दै एक सन्देश पनि लेखे । ‘उफ! फेसबुकमा आफैँलाई जीवित देखाउनका लागि मैले फेसबुकलाइको प्रयोग गर्नुपर्‍यो ।’

समाचार अनुसार केही बेरमै यो गल्तीलाई फेसबुकले सुधारेको थियो । एउटा अनलाइन त्रुटिका कारण फेसबुकले सबै प्रयोगकर्तालाई मृत घोषित गरेको थियो ।

समाचार अनुसार फेसबुकले करिब २० लाख प्रयोगकर्ताहरुलाई मृत घोषित गरिदिएको थियो । यसका कारण मानिसबीच कयौं किसिमका भ्रम पनि फैलियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.