वैदेशिक रोजगार व्यवसायी संघद्वारा उद्दार समिति गठन, चुनावी साधारणसभा स्थगित

  २०७२ वैशाख १५ गते ८:४८     विकासन्युज

विकासन्युज/ काठमाडौं, बैशाख १५ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मुलुकमा आएको विनाशकारी भूकम्पबाट  पीडितहरुको उद्दार र राहतका लागि वैदेशिक रोजगार व्यवसायीहरुलाई सक्रिय रुपले परिचालन गर्ने निर्णय गरेको छ ।
यसै क्रममा अध्यक्ष हंसराज वाग्लेको संयोजकत्वमा भूकम्प पीडित उद्दार तथा राहत संकलन मूल समिति गठन गरिएको संघका महासचिव कमल तामाङले जानकारी दिए । तामाङका अनुसार ३३ सदस्यीय सो समितिमा संघका पूर्व अध्यक्षहरु,  वरिष्ठ व्यवसायीहरु , युवा व्यवसायीहरु  रहेका छन् । मुलुकमा आएको भयानक दैवी विपत्तिलाई सहन गर्न र आआफ्ना क्षेत्रबाट उद्दार र राहतका लागि सक्रिय रहन संघले सम्पूर्ण व्यवसायीहरुलाई आव्हान गरिसकेको  समेत सचिव तामाङले बताए ।
यसैबीच संघको बैशाख २५ गते हुने साधारणसभा र निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु हाललाई स्थगित गरिएको छ । बैशाख १४ गते बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको महासचिव तामाङले  जानकारी दिए । सो साधारणसभा स्थगित भए पनि नयाँ मिति भने तोकिएको छैन । राहत तथा उद्दारको काम सकिएपछि बैठक बसी यथाशीघ्र नयाँ  मिति  तय गरिने तामाङले बताए । यसअघि  विभिन्न कारणले पटकपटक स्थगित हुँदै आएको सो साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम थियो ।
कोको छन् मूल समितिमा ?
१.श्री हंशराजवाग्ले        संयोजक
२.श्री ज्ञानप्रसाद गैरे         सदस्य
३.श्री उद्धवकुमार खड्का      ”
४.श्री भुवनसिंह गुरुङ          ”
५.श्री दानबहादुर तामाङ      ”
६.श्री एल.पी. साँवा लिम्बु     ”
७.श्री तिलकबहादुर रानाभाट  ”
८.श्री बलबहादुर तामाङ      ”
९. श्री प्रज्ञान न्यौपाने        ”
१०. श्री नरेश गेलाल          ”
११. श्री शमशेरबहादुर गुरुङ  ”
१२. श्री प्रेमबहादुर कटुृवाल   ”
१३. श्री नवराज के.सी.       ”
१४. श्री मोहनाथ शर्मा       ”
१५. श्री बिमल ढकाल        ”
१६. श्री सरोजकुमार पोखरेल  ”
१७. श्री किरणकिशोर घिमिरे  ”
१८.श्री टंकबहादुर राउत      ”
१९.श्री कुमुद खनाल          ”
२०.श्री राजेन्द्र भण्डारी       ”
२१.श्री बिष्णु कुमारी गुरुङ     ”
२२. श्री एम.एस.काप्री        ”
२३. श्री सुजीत श्रेष्ठ          ”
२४. श्री रामप्रसाद श्रेष्ठ      ”
२५. श्री बिष्णु के.सी.           ”
२६. श्री वाई.बी. राई         ”
२७. श्री गोबिन्दप्रसाद थपलिया ”
२८. श्री कुशाङ शेर्पा         ”
२९. श्री राधिका कटुवाल     ”
३०.श्री रघु पुरी         ”
३१.श्री आर.सी. गिरी”
३२. श्री थिरमणि पौडेल ”
३३. श्री कमल तामाङ         सदस्य सचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.